एकीकृत समाजवादीका ६ सांसदले लिए हस्ताक्षर फिर्ता

काठमाडौं : मन्त्री हेरफेरविरुद्ध उभिएका नेकपा एकीकृत समाजवादीका १० मध्ये ६ जना सांसदले आफूले गरेको हस्ताक्षर फिर्ता लिएका छन् ।

शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसहित ६ जना सांसदले पार्टी नेतृत्वलाई ७ बुँदे मागपत्र बुझाउँदा दिएको पत्रबाट आफ्नो हस्ताक्षर फिर्ता लिएका हुन् ।

पार्टीले विगतमा भएको कमजोरीलाई सच्याउने प्रतिवद्धता जनाएपछि हस्ताक्षर फिर्ता लिएको सांसद गोपाल बमले जानकारी दिए ।

हस्ताक्षर फिर्ता लिनेमा मन्त्री आले,धनबहादुर बुढा, कृष्णलाल महर्जन, गोपालबहादुर बम, पुष्पाकुमारी कर्ण कायस्थ र विनादेवी बुढाथोकी रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार