दोराखर्कमा अनौठो गुफा भेटियोः हेर्नेको घुँइचो

काठमाडौं । ओखलढुंगा जिल्लाको खिजीदेम्बा–९, पात्लेस्थित दोराखर्कभिरमा अनौठो गुफा फेला परेको छ । अनेकन प्रकृतिका आकृति भएको ठूलो गुफा स्थानीयले फेला पारेका हुन् ।


वडा अध्यक्ष ङावाङ फुरी शेर्पाको नेतृत्वमा भीरमा खोपिएको माने (सामभोटा लिपी) सफा गर्दै जाने क्रममा भीरमा ठूलो प्बालदेखिपछि हेर्दै जादाँ गफा भेटिएको स्थानीयले जनाएको छ । गुफाभित्र अनेकन आकृतिहरु सजिएर रहेको स्थानीय फुर्वा शेर्पाले जानकारी दिनुभयो । २०७२ सालमा भूकम्पजाँदा त्यस ठाउँबाट ठूलो धुँवा जस्तो निस्किएको भएपनि वस्ता गरेका थिएनन् । अहिले मानेसफा गर्ने क्रममा हेर्दै जाँदा अनौठो गुफा भेटिएको र यस विषयमा थप अध्ययन भईरहेको स्थानीयहरु बताउँछन् । गुफाभित्र हेर्दा धार्मिक, दैविक शक्ति रहेजस्तो देखिने र यसलाई पहिचान गर्नतर्फ स्थानीयहरु लागि परेको वडाको भनाई छ ।

गुफाको साँघुरो मुखबाट भित्र छिरेपछि २० फिटजति तल झरेर तेर्सो ६० मिटर लामो गुफा छ ।


गुफा भेटिएपछि स्थानीयले सामान्य बाटो निर्माण गरेपनि सहज रुपमा जान भने नसकिने जनाइएको छ । गुफाभित्र जान सुरक्षाको दृष्टिकोणले चुनौति रहेकाले तत्काल बढी आवातजावात नगर्न वडाले भनेको छ । ‘अहिले हामीसँग क्लाइविङ तालिम र इन्सोरेन्स समेत भएकाले जोखिम नै मोलेर गुफाभित्रसम्म पुगेका हौं ।’ सुरक्षाको सबै प्रबन्ध नभएसम्म गुफामा प्रवेश नगर्न वडा अध्यक्ष शेर्पाले सामाजिक सञ्जालमार्फत अनुरोध गर्नुभयो । गुफा भेटिएपछि स्थानीय युवाहरुको हेर्न घुँइचो लाग्ने गरेको छ । बृद्धाबृद्ध महिलाहरु भने पुग्न सकेका छैनन् ।


गुफा भेटिएसँगै यसको संरक्षण र पहिचानका लागि गाउँपालिकाले ध्यानाकर्षण भएको पालिका अध्यक्ष गम्बु शेर्पाले बताउनुभयो । पर्यटकीय दृष्टिले समेत आकर्षक बन्न सक्ने भएकाले यसको संरक्षण, त्यहाँसम्म पुग्ने सुरक्षा मार्ग निर्माण, सुरक्षाबार निर्माण लगायतका विषयमा अनौपचारिक रुपमा कुराकानी भइरहेको र छिट्टै स्थलगत अध्ययन गरी योजना निर्माण गर्ने अध्यक्ष शेर्पाको भनाइ छ ।


‘त्यसभीरमा ‘रक क्लाइमिङ’ को संभाव्यता अध्ययन गरेका थियौं तर संभव भएन । त्यही वरिपरि गुफा भेटिनु खुसीको कुरा हो । कुनै न कुनै रुपमा त्यसक्षेत्रमा पर्यटन प्रबद्र्धन गर्ने योजना थियो । गुफालाई चिनाएरपनि हाम्रो उद्देश्य पुरा हुनेदेखिन्छ ।’ अध्यक्ष शेर्पाको पहलमा दोराखर्कबाट खुन्दुर्के जोड्ने पुल समेत निर्माण हुने भएकाले त्यसले समेत पर्यटन प्रबद्र्धन र गुफाको प्रचारमा थप सहयोग पुग्ने जनाइएको छ ।

तस्वीरहरुः सामाजिक सञ्जालबाट ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार