शेर्पा विद्यार्थीको महाधिवेशन तयारी पूरा

काठमाडौं । नेपाल शेर्पा विद्यार्थी संघको १४ औं महाधिवेशनको तयारी पूरा भएको छ । प्रत्येक दुई बर्षमा हुने महाधिवेशन चैत्र १० गते शेर्पा सेवा केन्द्रमा हुने गरी तयारी पूरा भएको हो ।
चैत्र १० गते उद्घाटन र तगतै बन्द सत्र शुरु हुने उपाध्यक्ष छिरिङ शेर्पाले जानकारी दिनुभयो । धर्मगुरु छोकी निमा रिन्पोछेको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा शेर्पा समुदायका विशिष्ठ व्यक्तित्वहरुको उपस्थिती रहने शेर्पाको भनाइ छ ।
महाधिवेशनमा देशभरको विभिन्न १६ वटा जिल्ला र काठमाडौँका १२ क्याम्पसबाट प्रतिनिधि र परिवेक्षकहरू सहभागी हुनेछन् ।
शेर्पा विद्यार्थी मञ्च नामबाट स्थापित संस्था शेर्पा विद्यार्थीहरुको हकहित, क्षमता विकास गर्दै भाषा, कला, संस्कृति, परम्परागत ज्ञानको सम्बद्र्धन, प्रबद्र्धन गर्दै शैक्षिक क्षेत्रमा शेर्पाहरुको उन्नयनका लागि क्रियाशिल संस्था हो ।
१४ औं महाधिवेशनका लागि हालका पदाधिकारीहरु आकांक्षी देखिएका छन् । आगामी नेतृत्वका लागि उपाध्यक्ष छिरिङ शेर्पा, अर्को उपाध्यक्ष फुटी शेर्पा र सचिव फुर्वा छिरिङ शेर्पा आकाँक्षी छन् । संस्थामा दलगत राजनीति नगर्ने उद्घोष गरेका अकांक्षीहरुले समूह निर्माण गरेर अघि बढेका छन् । उम्मेदवारहरुले अन्तिमसम्म सहमति गरेरै अघि बढ्न प्रयासरत रहेको बताउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार