शेर्पालुङ्ग राष्ट्रिय समितिको नेतृत्वमा दावा

दोलखा (सार्वजनिक) । जनता समाजवादी पार्टी निकट शेर्पालुङ्ग राष्ट्रिय समितिको अध्यक्षमा दावा शेर्पा चयन हुनुभएको छ । यहाँको जिरी नगरपालिकामा आयोजित समिति पुनः गठन कार्यक्रमले शेर्पाको नेतृत्वमा २५ सदस्यीय राष्ट्रिय समिति पुनः गठन गरेको हो । यसअघि समन्वय समितिको रुपमा रहेकोमा नयाँ विधानमा भएको व्यवस्था अनुसार प्रदेश नम्बर १ र ३ लाई समेटिएर राष्ट्रिय समिति घोषणा गरेको केन्द्रीय सदस्य तथा शेर्पालुङ्ग इन्चार्ज लाक्पा शेर्पाले जानकारी दिनुभयो ।
जसपा केन्द्रीय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमकावीच गठित समितिको उपाध्यक्षमा नुर्बु शेर्पा, दिर्घमान तामाङ, ल्हमु शेर्पा रहनु भएको छ । त्यस्तै, मूख्यसचिवमा महेश रानामगर, सचिवमा लाक्पा डोमा शेर्पा, राज लामा शेर्पा, फुर्पु छिरिङ ल्होमी र कोषाध्यक्षमा दोर्जे शेर्पा (गोरे) रहनु भएको छ ।
त्यस्तै, कार्यकारिणी सदस्य सोनाम टासी शेर्पा, सार्की शेर्पा, काले शेर्पा (पिनासा), छोङ्बा शेर्पा रहनु भएको छ । समितिको सदस्यहरुमा आङ्ग्याल्जेन शेर्पा, कामे शेर्पा, आङ दावा शेर्पा, ङवाङ नुरी शेर्पा, दासाङ गोपर्मा, आङछिरिङ शेर्पा, पेम्बा दोर्जी शेर्पा, ल्हाक्पा गेलु शेर्पा, ङवाङ शेर्पा, टासी शेर्पा, फुरायाङ्जी शेर्पा र आङदोर्जे शेर्पा रहनु भएको केन्द्रीय शेर्पा पासाङ्ग शेर्पा (छेल्हमु)ले जानकारी दिनुभयो ।
उद्घाटन कार्यक्रममा पार्टी राजनैतिक समिति सदस्य राजकुमार राई, केन्द्रीय सदस्यहरु, प्रदेश नम्बर १ र वागमती समिति, १० वटै राष्ट्यि समितिका अध्यक्षहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । त्यस्तै, दोलखा जिल्ला समन्वय समितिका उपप्रमुख दोर्जी शेर्पा, जिरी नगरपालिकाका मेयर मित्रबहादुर जिरेल, खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले मन्तव्य व्यक्त गर्नुभयो ।
उपाध्यक्ष ल्हमु शेर्पाले शुभकामना मन्तव्यबाट शुरु भएको कार्यक्रममा योलुङ्ग शेर्पा समूहले श्याब्रु नृत्य र पार्टीका विद्यार्थी नेता फुटी शेर्पाले टुंगासहित गायनमार्फत स्वागत गर्नुभएको जनाइएको छ । नवघोषित समितिका पदाधिकारी सदस्यहरुलाई केन्द्रीय अध्यक्ष यादवले पद तथा गोपनियताको सपथ गराउनु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार