अध्यक्ष शेर्पा सम्मानित

 


काठमाडौं । खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पा सम्मानित हुनुभएको छ । २८६० डुक सोनाम ल्होछार शुभकामना आदनप्रदान, बनभोज तथा सांस्कृतिक कार्यक्रमको अवसरमा ओखलढुंगा–काठमाडौं तामाङ सेवा समाजले अध्यक्ष शेर्पालाई सम्मान गरेको हो ।
गाउँपालिका अध्यक्षमा निर्वाचित, राष्ट्रिय विकास परिषद्, राष्ट्रिय निर्देशक समिति सदस्यमा मनोनित हुनुभएको भन्दै अध्यक्ष शेर्पालाई सम्मान पत्र र खादा लगाएर सम्मान गरेको अध्यक्ष दिर्गमान तामाङले जानकारी दिनुभयो ।


त्यस्तै, जनता समाजवादी पार्टी प्रदेश नम्बर १ को कार्यकारिणी सदस्य मनोनित हुनुभएकोमा पनि सम्मान गरेको तामाङको भनाइ छ । सम्मानपत्रमा देशको महत्वपूर्ण पदहरुमो बहाल रहँदै पहिचानको संरक्षण गर्दै समृद्ध राष्ट्र निर्माण र श्रम संस्कृतिमार्फत फरक तवरले अघि बढाउन कामना गरेको छ ।


अध्यक्ष शेर्पा हालै राष्ट्रिय योजना आयोग अन्तर्गत मन्त्रीपरिषद्ले गत पौष २४ गते परिषद् सदस्य नियूक्त हुनुभएको थियो ।
अध्यक्ष शेर्पाले श्रम संस्कृतिमार्फत नागरिकलाई विकाससँग जोड्ने, युवाहरुलाई रोजगारीको अवसर सिर्जना गराउँदै ग्रामिण क्षेत्रमा अवसर खोज्ने अभियान सञ्चालन गरिरहनु भएको छ । त्यस्तै, गाउँ फर्क अभियान मार्फत उत्पादनमा जोड दिँदै मुलुकको वर्तमान आर्थिक संकटको अन्त्य गर्न क्रियाशिल रहनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार