शेर्पा विद्यार्थीको नेतृत्वमा छिरिङ सर्वसम्मत

काठमाडौं । शेर्पा विद्यार्थीहरुको साझा संस्था नेपाल शेर्पा विद्यार्थी संघको १४ औं महाधिवेशन सम्पन्न भएको छ । छिरिङ शेर्पा (सिन्धुपाल्चोक) को अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समिति चयन गर्दै महाधिवेशन सम्पन्न भएको हो ।
महाधिवेशनले फुर्वा छिरिङ शेर्पा (रामेछाप) लाई सहअध्यक्षमा चयन गरेको छ भने महासचिवमा आङ पेम्बा शेर्पा (ओखलढुंगा) लाई निविरोध चयन गरेको नेपाल शेर्पा संघ ओखलढुंगाका अध्यक्ष पेम्बा शेर्पाले जानकारी दिनुभयो ।
अध्यक्षका लागि तीन जनाको मूख्यदाबी भएपछि निर्वाचन मण्डललाई केही समय सहमतिका लागि समय लागेको थियो । अन्ततः अध्यक्षका मूख्य दुई दाबेदारवीच एक–एक बर्ष कार्यकाल मिलेर नेतृत्व गर्ने सहमति भएसँगै सहमति जुटेको निर्वाचन मण्डलका एक सदस्यले जानकारी दिनुभयो ।
सुप्रसिद्ध धर्मगुरु छोकी निमा रिन्पोछेको प्रमुख आतिथ्यतामा शेर्पा सेवा केन्द्रमा भएको महाधिवेशनमा शेर्पा समुदायका दिग्गज व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । महाधिवेशन खुल्ला सत्रमा विभिन्न क्षेत्रबाट संघलाई सहयोग गर्ने दाताहरुलाई सम्मान समेत गरेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार