जसपा रगनीको अध्यक्षमा पुनः सुनुवार

काठमाडौं । जनता समाजवादी पार्टी खिजीदेम्बा वडा नं. १ रगनीको अध्यक्षमा वेदबहादुर सुनुवार पुनः चयन हुनुभएको छ । समिति पुनः गठन तथा प्रशिक्षण कार्यक्रमकावीच सुनुवारको नेतृत्वमा नयाँ समिति चयन गरेको हो ।
२३ सदस्यीय वडा समितिको उपाध्यक्षमा इन्द्र तामाङ, महिला उपाध्यक्षमा उर्मिला भुजेल, सचिवमा बमबहादुर सुनुवार रहनु भएको छ । त्यस्तै, सहसचिवद्धयमा सरीता विक र रामकुमार सुनुवार, कोषाध्यक्षमा गंगामाया श्रेष्ठ लगायत चयन हुनुभएको खिजीदेम्बा इन्चार्ज निर्मल सुनुवारले जानकारी दिनुभयो ।
जसपा प्रदेश नं. १ का कार्यकारिणी सदस्य तथा खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश निर्वाचन समिति सचिव दीर्गमान तामाङ, शेर्पालुङ राष्ट्रिय समितिका उपाध्यक्ष ल्हमु शेर्पा लगायतले प्रशिक्षात्मक मन्तव्य राख्नुभएको जनाइएको छ । वडा नं. १ बाट शुरु भएको पुनः गठन कार्यक्रम सबै वडामा सञ्चालन हुने पार्टीका गाउँपालिका अध्यक्ष कुसाङ शेर्पाको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार