पत्रकार महासंघ, ओखलढुंगाको झण्डा सगरमाथामा

काठमाडौं । नेपाल पत्रकार महासंघ, ओखलढुंगा शाखाको झण्डा सगरमाथा शिखरमा फहराउने भएको छ । ओखलढुंगा जिल्ला खिजीदेम्बा–९, दोराखर्कका आरोही आङ पासाङ शेर्पाले महासंघको झण्डालाई शिखरमा फहराउने भएको हो ।
आरोही शेर्पालाई ओखलढुंगामा सदरमुकाममा आयोजित एक कार्यक्रमकावीच महासंघ, शाखाकी उपाध्यक्ष विनुमाया राईले झण्डा हस्तान्तरण गर्नुभएको सचिव पूर्णप्रसाद न्यौपानेले जानकारी दिनुभयो । विश्वको सर्वोच्च शिखर सगरमाथामा महासंघ ओखलढुंगाको लोगो अंकित व्यानर सगरमाथामा फहराउने भएको छ । आठौं पटक सगरमाथा आरोहण गर्न लागेका आरोही शेर्पालाई व्यानर हस्तान्तरण गर्नु हुँदै उपाध्यक्ष राईले शेर्पाहरुले हिमालमा राखेको किर्तिमानको प्रशंसा गर्दै आरोहण सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
ङिमा एडभेन्चर नामक आरोहण दलबाट एक विदेशी नागरिक र शेर्पासहित २ जना नेपालीले मौसमले साथ दिएमा मे २२ वा २३ तारिकमा शिखर चुम्ने तालिका छ । व्यानर हस्तान्तरण कार्यक्रममा महासंघका निवर्तमान केन्द्रीय सदस्य दीपेन्द्र रुम्दाली लगायत जिल्लास्थित सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।
यसैवीच, रेडियो ओखलढुंगा एफएम र शेर्पा पत्रकार संघ नेपालको झण्डा समेत सोही अवसरमा सगरमाथामा फहराउने गरी आरोही शेर्पालाई हस्तान्तरण गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार