शिवालय माविका विद्यार्थीलाई पोशाक वितरण

ओखलढुंगा । यहाँको खिजीदेम्बा गाउँपालिका वडा नं. ९ स्थित शिवालय माध्यमिक विद्यालय छेर्मादिङका छात्राछात्रलाई पोशाक, शैक्षिक सामाग्री वितरण गरिएको छ । ओखलढुंगा नौ डाँडा संस्थाले दातृ संस्था स्कूल फर अ वेटर फ्यूचरको सहयोगमा सामाग्री वितरण गरेको हो । विद्यालयमा अध्ययनरत र भरखरै भर्ना भएका १ सय ३० भन्दा बढी विद्यार्थीका लागि ट्याक्सुट सेट, अन्य कपडा, खेलकूद तथा शैक्षिक सामाग्री वितरण गरिएको संस्थाका अध्यक्ष ङावा पेम्बा शेर्पाले जानकारी दिनुभयो ।
दातृ संस्थाका प्रतिनिधि, स्कूल फर वेटर अ वेटर फ्यूचरका अध्यक्ष पाउलो मर्कोनी, कार्लाे फ्यूरी, भनेसा लगायतको उपस्थितीका सामाग्री वितरण भएको अध्यक्ष शेर्पाको भनाई छ । लामो समयदेखि संस्थाले विभिन्न सामाग्री, झोला, जुत्ता समेत वितरण गर्दै आएको संस्थाले विद्यालयमा नै ५० शैय्याको छात्रावास समेत निर्माण गरिरहेको विव्यस अध्यक्ष कुंगा शेर्पाले जानकारी दिनुभयो । छात्रावास निर्माणको काम करीव अन्तिम चरणमा पुगेको र दैनिक २ घण्टा भन्दा टाढाबाट धाउनुपर्ने विद्यार्थीहरुलाई राखेर पठनपाठनको व्यवस्था मिलाउने अगुवा तथा संस्थापक अध्यक्ष निमा शेर्पाले जानकारी दिनुभयो ।
विद्यालयमा आयोजित कार्यक्रममा अभिभावक, विद्यार्थी र शिक्षकसहित करीव २ सय भन्दा बढीको सहभागिता रहेको थियो । विभिन्न सांस्कृतिक कार्यक्रमसहित भएको कार्य क्रममा विदेशी पाहुनाहरुलाई भव्य स्वागत गरिएको थियो । सोही क्रममा दातृ संस्थाका प्रतिनिधिहरुले विद्यालयलाई आगामी दिनमा समेत नियमित रुपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको निमित्त प्रधानाध्यापक ङावा शेर्पाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार