बेपत्ता राईको शव दुधकोशीमा फेला

काठमाडौं । चैत्र १५ गतेदेखि वेपत्ता युवाको शव फेला परेको छ । ओखलढुङ्गा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका ३ उँवुका ४० बर्षिय श्यामकुमार राईको शव फेला परेको हो । गत चैत्र १५ गते दुधकोशी नदिको कार्कीबेसीमा गई नदिमा पसेर माछा मार्ने क्रममा वेपत्ता भएका राईको शब वडा नं. ३ कै पश्चुमा ढुंगामा अड्किएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय, ओखलढुंगाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बालिष्टार सिंहले जानकारी दिनुभयो ।
प्रहरी, आफन्त तथा स्थानियबासी समेतले खोजतलास गर्ने क्रममा चैत्र १९ गते (आज) साँझ वडा नं. ३ पस्चुस्थित दुधकोशी नदिको धारको बिच ढुंगामा अड्कीएको अबस्थामा शव फेला परेको प्रहरीको भनाई छ । शवलाई आफन्तले सनाखत गरेपछि अस्थायी प्रहरी पोष्ट केतुकेबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले घटनास्थल सुरक्षित राखेको र थप कानूनी प्रकृया र अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, ओखलढुंगाबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय, ओखलढुंगाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार