प्रतिनिधिसभा विघटनलाई गलत नभन्नू : अध्यक्ष ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन जायज भएकाले यसलाई गलत नभन्न आग्रह गरेका छन् । बिहिबार केन्द्रीय सल्लाहकार परिषदको बैठकमा सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

उनले भने,‘केही साथीहरू प्रतिनिधिसभा विघटन गलतै थियो भन्ने गर्नुभएको छ,यस्ता खालका गलत कुरा सल्लाहकार परिषद्का कोही पनि कमरेडले भूलचुकले पनि नबोल्न आग्रह छ,विघटन जायज थियो, त्यही कारण आज एमाले यहाँ छ।’

एमालेका अन्य नेताहरुले भने सार्वजनिक कार्यक्रममा प्रतिनिधिसभा विघटन गलत भएको बताउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार