नेकपा एकीकृत समाजवादीले टुंगो लगायो यी पाँच नयाँ मन्त्रीको नाम

काठमाडौं : नेकपा एकीकृत समाजवादीले यसअघि सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेको छ । आइतबार बसेको पार्टीको सचिवालय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलले सरकारमा रहेका ५ नेतालाई फिर्ता बोलाएर मन्त्री बनाउन ५ नेताको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको जानकारी दिए ।

उनका अनुसार अब भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या, जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी शहरी विकास, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री,हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नाम सिफारिस भएको छ ।

यसअघि सोही पार्टीबाट स्वास्थ्यमन्त्रीमा विरोध खतिवडा, पर्यटनमा प्रेमबहादुर आले, शहरी विकासमा रामकुमारी झाँक्री, श्रममा कृष्णकुमार श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्रीमा भवानी खापुङ थिए ।

मन्त्री फेर्ने यो निर्णयले केही नेताहरु भने असन्तुष्ट देखिएका छन् । उनीहरुले पार्टी छाड्ने समेत यतिखेर चर्चा चलेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार