काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । उनको चौतर्फी आलोचनापछि संसदमा आफ्नो धारणा राख्दै राजीनामाको घोषणा गरेका हुन् ।
आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराई करको दर हेरफेर गराएको आरोपबारे छानबिन गर्न संसदले संसदीय विशेष समिति बनाए लगतै शर्माले राजीनामा दिएका हुन् ।
उनले धाराणा राख्दै अन्तिममा भने,‘एउटा संसदीय छानबिन मात्र होइन, म हजारौं छानबिनका लागि तयार छु, छानबिनका लागि मैले माार्गप्रशस्त आफ्नो पदबाट राजीनामा दिएको घोषणा गर्छु ।’
राजीनामा दिएपछि पनि उनले बजेट निर्माणका आफूले कुनै गल्ती नगरेको र छानबिन गर्नमा आफू पनि सहयोग गर्ने बताए ।