प्रधानमन्त्री देउवालाई मन्त्री हेरफेर गर्न एकीकृत समाजवादीको दबाब

काठमाडौं : नेकपा एकीकृत समाजवादीले आफ्ना पार्टीबाट सरकारमा गएका मन्त्रीहरूलाई फिर्ता ल्याएर नयाँ पठाउने निर्णय कार्यान्वयन गराउन प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएको छ ।

बुधबार बसेको एकीकृत समाजवादीको बैठकले सरकारले तत्काल पार्टीको निर्णय कार्यान्वन गर्नुपर्ने निर्णय गरेको सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।

‘यस अघि हाम्रो पार्टीले मन्त्रिमण्डलमा हाम्रो टिमलाई बदल्ने निर्णय गरेको थियो, त्यो निर्णयलाई सरकारले अहिलेसम्म कार्यान्वयन गरेको छैन, आज बसेको बैठकले तत्काल कार्यान्वयन गर्नुपर्‍यो भनेर निर्णय गरेको छ,यही निर्णय लिएर अध्यक्ष बालुवाटार जानुभएको छ,’उनले  भने ।

यसअघि एकीकृत समाजवादीले अहिले सरकारमा रहेका स्वास्थ्यमन्त्री विरोध खतिवडा,सहरी विकासमन्त्री रामकुमारी झाँक्री,संस्कृति तथा पर्यटनमन्त्री प्रेम आले र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएर जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र हीरा केसीलाई सरकारमा पठाउने निर्णय गरेको थियो । तर,प्रधानमन्त्री देउवाले उक्त निर्णय तत्काल कार्यान्वयन गर्न मानेका थिएन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार