खिजीदेम्बा गाउँपालिकाले वितरण गर्‍यो ५५ विपन्न परिवारलाई सोलार


ओखलढुंगा : खिजीदेम्बा गाउँपालिका-९ का ५५ घर विपन्न परिवारलाई (सौर्य उर्जा) सोलार वितरण गरिएको छ । गाउँपालिकाले वडा-९ को पात्लेमा सोलार वितरण गरेको हो ।

वडा अध्यक्ष ङावाङ फुरी शेर्पाले विपन्न परिवारलाई सौर्य उर्जा उज्यालो कार्यक्रम अन्तर्गत यसअघि नाम सिफारिस भएका लघुजलविद्युत र अन्य तवारले विद्युतीकरण नभएका परिवारलाई सोलार वितरण गरिएको जानकारी दिए ।

गाउँपालिकाले प्रत्येक वडामा ५५ थानका दरले सौर्य उर्जा सोलार वितरण गरिरहेको र यहाँका विपन्न परिवारलाई पनि सोही अनुसार परिचय खुल्ने कागजातको आधारमा सोलार वितरण गरेको स्थानीय सञ्चारकर्मी ङावाङ गोम्बु शेर्पाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार