अध्यक्ष ओलीले भने-पार्टीभित्रकै अन्तर्घातका कारण चुनाव हारियो,समीक्षा हुन्छ

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रकै अन्तर्घातकै कारणले स्थानी तह निर्वाचनमा पार्टीले धेरै ठाउँमा हार व्यहोरेको बताएका छन् । बुधबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले पार्टीभित्रको अन्तर्घातको विषयमा गम्भीर समीक्षा हुने बताएका हुन् ।

‘हामी अरूको कारणले चुनावमा हारेका छैनौँ, पार्टीभित्रै अन्तर्घात बढेको पाइयो,महानगर र उपमहानगरमा उपप्रमुख जित्दा प्रमुख जित्न सकेनौँ, यसले पार्टीभित्रबाटै अन्तर्घात भएको बुझिन्छ,’ओलीको भनाइलाई उदृत गर्दै एक सांसदले भने ।

एमालेले निर्वाचनमा सोचेजस्तो परिणाम ल्याउन सकेको छैन् । निर्वाचनमा एमाले पहिलो स्थानबाट दोस्रो स्थानमा पुगेको छ । निर्वाचन आयोगका तथ्यांकमा देशभरमा करिब २०० स्थानमा मात्र एमालेले नेतृत्व पाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार