पुन: अर्थमन्त्री शर्माले लिए शपथ

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले पुन: पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार साँझ राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री शर्मालाई शपथ गराएकी हुन् ।

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको बेला शर्मामाथि जेठ १४ गतेको मध्यराति अर्थ मन्त्रालयमा दुईजना अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप थियो । एमालेले चर्काे विरोध गरेपछि २२ असारमा संसदीय छानबिन समिति गठन भएको थियो ।

शर्माले सोही दिन पदबाट राजीनामा दिएका थिए । तर संसदीय समितिले उनीमाथि लागेको आरोप पुष्टि गर्न नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई अर्थमन्त्रीमा दोहोर्‍याएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार