राष्ट्रियसभाबाट नागरिकता विधेयक बहुमतले पारित

काठमाडौं : नागरिकता विधेयक संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाबाट बहुमतले पारित भएको छ । बिहिबार बसेको राष्ट्रियसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधि सभाबाट पारित भएर सन्देश सहित प्राप्त भएको नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

वैवाहिक अंगीकृत नागरिकतामा समयसीमा राख्नुपर्ने विषयमा सत्तापक्षकै सांसदले विधेयकमा संशोधन प्रस्ताव दर्ता गराए पनि अन्तत टिक्न सकेन ।

संसद सचिवालयका अनुसार नागरिकता विधेयकमा पहिचान सहितको नागरिकताको व्यवस्था गरिएको छ । अब उक्त विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भइ राजपत्रमा प्रकाशन भएपछि कार्यान्वयनमा आउनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार