सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन,भोलि फेरि बस्ने

काठमाडौं : सत्तारुढ नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा(एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा बीचको आजको बैठक निष्कर्षविहीन टुंगिएको छ।

सत्तारुढ पाँच दलबीच महानगरपालिका र उपमहानगरपालिकामा स्थानीय तह निर्वाचनको चुनावी तालमेल गर्ने विषयमा सहमति जुट्न नसकेको हो ।

कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले भोलि पुन: बैठक बस्न बिहान साँढै ११ बजे बोलाएको जानकारी दिए । उनले भने,‘धेरै ठाउँमा सहमति नजिक पुगेका छौँ,यसका लागि भोलि फेरी बैठक बस्ने छौँ ।’

सञ्चारमन्त्री समेत रहेका कार्कीले भोलिको बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बस्ने योजना बनाएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार