Wednesday, January 22, 2020

Tag: समाजवादी पार्टी

पोखरा । नेकपा र नेपाली कांग्रेसका ५१ जना कार्यकर्ताहरु पार्टी परित्याग गरी शनिबार समाजवादी पार्टीमा प्रवेश गरेका छन् । शनिबार पोखराको राष्ट्र बैंक चोकस्थित मुक्तिनाथ लेकाली होटलमा आयोजित ‘समाजवादी ट्रेड युनियन महासंघ नेपाल र समाजवादी निर्माण मजदुर संघ नेपाल गण्डकी प्रदेशको एकता तथा समायोजन कार्यक्रम’मा उनीहरु समाजवादीमा प्रवेश गरेका हुन्...
काठमाडौं । समाजवादी पार्टीले भोलि माघ ३ गतेदेखि तीन महिने ‘संगठन विस्तार तथा सुदृढीकरण अभियान (विसु अभियान)को उद्घाटन गर्दैछ । समाजवादीका शीर्ष नेताहरुले सातवटै प्रदेशबाट अभियान उद्घाटन गर्ने तयारी गरेका छन् । यो अभियान अनुरुप समाजवादीले उपाध्यक्षहरुलाई प्रदेश तहको अनुगमनकर्ता, केन्द्रीय समितिका सिनियर नेताहरुलाई जिल्ला संयोजक र निर्वाचन क्षेत्र र स्थानीय...
विजय चाम्लिङ काठमाडौं । समाजवादी पार्टीले देशभरका गाउँपालिका तथा नगरपालिकाको वडा र टोल–टोलसम्म संगठन निर्माण गर्ने र पार्टीको विचार जनताको बिचमा लैजाने उद्देश्यका साथ आगामी माघ ३ गतेदेखि ‘संगठन विस्तार तथा सुदृढीकरण अभियान (विसु अभियान)–२०२०’ सञ्चालन गर्ने भएको छ । समाजवादी पार्टीका सहअध्यक्ष तथा विसु अभियानका संयोजक राजेन्द्र श्रेष्ठले माघ ३...
काठमाडौं । समाजवादी पार्टीका केन्द्रीय सदस्य रामप्रसाद रिजालले राजपासँग पार्टी एकता नहुने बताएका छन् । समाजवादी र राजपाबीच एकता हुने चर्चा यसअघि चले पनि हाल यो विषय सेलाउँदै गएको बेला नेता रिजालले राजपासँग एकता नहुने ठोकुवा गरेका हुन् । उनले राजपाका राजेन्द्र महतोले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग गोप्य...
खोटाङ । खोटाङको दिक्तेलमा समाजवादी विद्यार्थी युनियन र समाजवादी युवा संघ खोटाङको संयुक्त आयोजनामा दुईदिने नेतृत्व विकाससम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षण बिहीबार र शुक्रबार भएको हो । जसमा युवा र विद्यार्थी गरी पचाँस जना सहभागी थिए । पहिलो दिन समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. केके राई, समाजवादी पार्टी...
काठमाडाैं । समाजवादी पार्टीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समाजवादी पार्टीको बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बुधबार बिहान बसेको पदाधिकारी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । समाजवादीको यो निर्णयसँगै ओली नेतृत्वको सरकारले दुईतिहाइ बहुमत गुमाएको छ । समाजवादीका एक नेताकाअनुसार पार्टीले अब प्रतिपक्षमा...
काठमाडौं । संविधान संशोधन प्रक्रिया अघि बढाउन नेकपा तयार नभएपछि समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको छ । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालले २८ मे २०१८ मा संविधान संशोधन गर्ने दुईबुँदे लिखित सहमतिपत्रमा हस्ताक्षर गरेपछि तत्कालिन संघीय समाजवादी फोरम नेपाल उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी भएको थियो...
इलाम । समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले नेपालको राजनीतिक क्रान्ति बाँकी नै रहेको बताएका छन् । बिहीबार इलाममा आयोजित समाजवादी पार्टी इलाम नगर समितिको घोषणासभामा नेता राईले उत्पीडितहरुले परिवर्तनको महशुस नगरेसम्म राजनीतिक क्रान्ति अधुरो रहने बताए । ‘आदिवासी, विपन्न, महिला, दलित, मधेसी, मुस्लिम एवं उत्पीडितहरुले अझै परिवर्तनको महशुस गरेका छैनन्,’...
खोटाङ । समाजवादी पार्टीअन्तर्गत खोटाङ जिल्लाका युवा र विद्यार्थी संगठनहरुबिच समायोजन गरिएको छ । बुधबार खोटाङको दिक्तेलस्थित शुभम् फाउन्डेशनको सभाहलमा औपचारिक कार्यक्रम गरी समाजवादी विद्यार्थी फोरम र नयाँ शक्ति विद्यार्थी युनियनबिच समायोजन गरी रोशन राईको अध्यक्षतामा ३७ सदस्यीय समाजवादी विद्यार्थी युनियन खोटाङ जिल्ला समिति घोषणा गरिएको छ । यसैगरी सो कार्यक्रममा...
–विजय चाम्लिङ धरान । राई लिम्बुहरुकै बाहुल्यता भएको सुनसरीको धरान उपमहानगरपालिकामा समाजवादी पार्टी धेरै नै कमजोर स्थितिमा रहेको देखिएको छ । गत मंसिर १४ गतेको उपनिर्वाचनको परिणामले समाजवादीको कमजोर स्थिति बाहिर ल्याइदिएको हो । उपनिर्वाचनमा समाजवादीबाट मेयरका लागि चुनाव लडेका गजेन्द्रबहादुर लिम्बुले केवल ७५५ मत ल्याए । उनले भन्दा बढी मत कुमार...

Latest news