शुभराज भोम्जन
दक्षिण कोरिया/ बिगत डेढ दशक देखि सङ्गीतमा लागिपरिरहेका मकवानपुरे गायक तथा सङ्गीतकार सुर्य रुम्बाको “दुई शब्द” बोलको आधुनिक गीत बजारमा आएको छ ।

आज कोरियाको समय अनुसार साझ ५ बजे रुम्बा टिभी युट्युब च्यानल मार्फत सार्जानिक गरिएको हो । शब्द सङ्गीत र स्वर गायक रुम्बाको रहनुका साथै एरेन्ज प्रतीक थापाले गरेका छन ।

त्यसैगरी गीतको भिडियोमा भने निरन्जली लामा र हेरुका लामाले अभिनय गरेका छन । गीतको भिडियो निर्देशन बिशालराज राइले गरेका छन ।

गायक रुम्बा बिगत ५ वर्ष देखि कोरियामा रहेता पनि सङ्गितलाइ भने निरन्तरता दिदै आइरहेका छन । हाल सम्म गायक रुम्बाको २ वटा सोलो एल्बम बजारमा आइसकेका छन भने सिङ्गल ट्र्याक दर्जनौ बजारमा ल्याइसकेका छन । केही महिना अघि मात्रै  तामाङ भाषाको गीत  ल्याएका थिए ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here