एमाले ओली समूहका युवाहरु बाँदरकै भेषमा उत्रिए सडकमा

नेकपा एमाले केपी ओली समूहका युवाहरुले माधव नेपालसहितका नेताहरुको विरोध गर्दै आज काठमाडौंमा बाँदरकै भेषमा प्रदर्शन गरेका छन् ।

नेता माधवकुमार नेपालसहितका २२ सांसदले फ्लोर क्रस गरेको विरोधमा युवा संघ नेपालका कार्यकर्ताले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

उनीहरुले बाँदरजस्तो मुकुण्डो लगाएर नयाँ वानेश्वरमा प्रदर्शन गरेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा नेकपा एमालेका २२ सांसदले उनलाई मत दिएका थिए । त्यसको विरोधमा युवा संघले लगातार प्रदर्शन गरिरहेको छ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here