ओली समूहकाे युवा संघले घर नजिकै खाेलामा माधव नेपालकाे पुत्ला जलाए

नेकपा एमाले (केपी ओली समूह) काे राष्ट्रिय युवा संघले काठमाडाैंकाे काटेश्वरस्थित माधव नेपालकाे निवास नजिकैकाे खाेलामा माधव नेपालकाे पुत्ला बनाएर जलाएकाे छ ।

उनीहरुले शव बोक्ने खट समेत बनाएर त्यसमा शवकाे पुत्ला राखेर बालकुमारीस्थित खोला किनारमा जलाएका हुन् ।

साे क्रममा युवा संघले शंख समेत फुकेर पुत्लालाई खोला किनारामा लगे थिए ।

युवा संघकाे उक्त कार्यमाथि प्रहरीले हस्तक्षेप गर्ने प्रयास गरेका थिए ।

 

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here