प्रदेश सरकार बाेझ मात्र भयाे, खारेज गराैः युवराज संग्राैला

युवराज संग्राैला

बिगत बिर्सने रोगलाई “एम्नेसिया” वा बिस्मरण भनिन्छ । नेपालमा कम्युनिस्ट र कांग्रेस दुबैलाई यो रोगले ग्रस्त पारेको छ । यो रोगले दिमागलाई निकम्मा पार्दछ । हिजो जनताका घरमा बस्ता यिनकाे दिसापिसाब समेत जनताले सफा गरे । आफ्ना छोराछोरीलाई खान नदिइ यिनलाई खान दिए। तर सत्तामा पुगेपछि यिनीहरुका पहिरन, खाना, बोली सबै सामन्तका जस्ता भए ।

कांग्रेसको मति पनि उहीँ हो । यिनमा लागेको रोगको नाम छैन । तर निकम्मा हो कि जस्तो लाग्छ । यी दुबै राम्रा बिचारधारा बोक्ने मानिसले बनाएका घर थिए । अहिलेकाले गरेका फोहोरले डङड्ङ्ती गनाउने घरमा परिणत भए ।

१. बिस्मृती र निकम्मा दुबै रोगमा चेतना मर्छ । चेतना मरेपछि मानिसलाई बिचार र सिद्धान्तकाे ख्याल हुँदैन । बिचार मरेपछि नैतिकता रहँदैन । नैतिकता नरहेपछि भ्रस्टाचारको नसा लाग्छ । अहिले अवस्था एम्नेसियाले ज्न्माएको रोग हो ।

२. एम्नेसियामा लाज पनि हराउँछ । किनभने लाज नैतिकता पचेपछि लाग्छ । लाज पचेपछि मानिस नाङ्गाे हुन्छ । नाङ्गो स्वयंलाई लाज हुँदैन । तर देख्नेलाई लाज हुन्छ । आज कम्युनिस्टले देखाएको अवस्था त्यही हाे ।

३. आम पढेलेखेका मानिस चमेरारोग हुन्छ । चमेरा टाउको उठाउने होइन टाउको झुन्ड्याउने प्राणी हो । चमेराले तल मात्र देक्छ माथी देख्दैन । त्यसैले उसले आफ्ना नेताको गलती देख्दैन ।

४. चमेराले दिउँसो देख्दैन । रातिमात्र देख्छ । त्यसैले उसलाई दिउँसोको कुरा थाह नै हुँदैन । अरु प्राणीले दिउसोको कुरामात्र देख्छ्न् । त्यसैले जनता रातिको राजनीति केही बुज्दैनन् । नेपाल अहिले रात्री राजनीतिको सिकार भएको छ । केपी ओलीका बारेमा धेरै कुरा भए । तर केपी ओलीलाई असफल पार्ने रात्री राजनीति गर्ने उनका वरिपरिका मानिस चोखै छ्न् । उनका मन्त्रीहरुको सम्पत्ति, उनकाे बिरोध गर्ने तर सांठ्गांठ गर्दै आर्जन गर्नेको चरित्रको कुरा मानिसले देखेनन् ।

अर्थात कम्युनिस्टले सिद्धान्तलाई धोका दिए । किनकि यी अधिकांश कम्युनिस्ट नै थिएनन् । बस जनता झुक्किए । यी धेरै त डमीमात्र थिए । पुतलीसडकमा कुर्ता लगाएर उभ्याएका पुत्ला जस्ता ।

अब नयाँ सरकारको नामको एउटा पुत्ला खडा हुनेछ । यो पुत्लाको नाम लोकतन्त्र भनिएको छ । तर यो पुत्ला लोकतान्त्रिक छैन । मानिस भन्छन् राजा ल्याएपछि सबैथोक रुखमा फल्छ । हिजो माओवादी आउँदा यही भनेको हो । एमाले आउँदा यही भनेको हो । कांग्रेस आउँदा यही भनेको हो ।

६० बर्ष नेपाली जनताको जीवन त्यतिकै सकियो । समस्या पार्टीको होइन, समस्या बाघको छालामा बसेका स्यालहरुको हो । देश चलाउन बुद्धि र बिवेक चाहिन्छ, नेता होइन । नेताले राजनीतिलाई फुटबल ठान्छ । राजनीति त जीवन हो । नेपालीले अब आफ्नो जिवनलाई देश र आफ्नो भलाइसँग जोड्नुपर्छ ।

अब त आँखा खोल्ने दिन आए । अहिलेको घटना बिस्मरणबाट मुक्तिको सन्देश हो । अब देशमा हरेकले राष्ट्रकाे स्वार्थलाई आफ्नो स्वार्थ बनाउनुपर्छ ।

१. अब बाघको छालामा स्याललाई बस्न नदिन “संबिधानमा संशोधन गरेर कार्यकारी क्याबिनेको प्रत्यक्ष निर्वाचन हुनुपर्छ ।”

२. संबैधानिक अदालत सर्बोच्चबाट बाहिर निकालेर अलग अदालतका रुपमा राख्नुपर्छ ।

३. प्रदेश सरकार आवश्यक छैन । केन्द्र र स्थानीय सरकार दुई तहको संघीयता कायम राख्दै स्थानीय सरकारलाई जिम्मेवार र शक्तिशाली बनाउनुपर्छ । स्वायत्त प्रणालीको विकास गर्नुपर्छ ।

(याे सामग्री संग्राैलाकाे फेसबुकबाट लिइएकाे हाे ।)

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here