एउटै साझा लिपि बनाउन चार किरातका प्रतिनिधि तयार

किराती भाषाहरुको साझा लिपि निर्माण गरी लेखन पद्धतिको विकास गर्न चार किरात संस्थाका प्रतिनिधिहरु तयार भएका छन् ।

नेपालका सबै किरातीहरुले प्रयोग गर्नेगरी एउटै साझा लिपि बनाएर अघि बढ्न किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा, सुनुवार सेवा समाज र किरात राई यायोक्खाका प्रतिनिधिहरु तयार भएका हुन् ।

हाल किरात समुदायका केही सांस्कृतिक अभियान्ता तथा अगुवाहरुले मात्र व्यक्तिगत रुपमा ‘किरात लिपि’, ‘लिम्बू लिपि’ वा ‘किरात सिरिजङ्गा लिपि’को नाममा सामान्य रुपमा प्रयोग गरिरहेका छन् ।

चार किरात संस्थामध्ये किरात याक्थुङ चुम्लुङले भने २०४९ सालदेखि नै किरात सिरिजङ्गा लिपि नामाकरण गरी उक्त लिपि चलाउने संस्थागत निर्णय गरेको थियो । तर, उक्त लिपिको लेखन प्रणालीको उल्लेखनीय विस्तार भएको छैन ।

हाल किरात सिरिजङ्गा लिपिलाई नै किरातीहरुको साझा लिपिको रुपमा निर्माण गरी लेखन पद्धतिको विस्तार गर्न किरातजन्य संस्थाका प्रतिनिधिहरु तयार भएका छन् ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले यही जुलाई ९ र १० मा काठमाडौंमा आयोजना गरेको ‘किराती भाषाहरुको साझा वर्णमाला निर्माण तथा लिपि सम्बन्धी कार्यशाला गोष्ठि’मा किरातजन्य संस्थाका प्रतिनिधिहरु साझा लिपि बनाउन निरन्तर बैठक तथा प्राज्ञिक छलफल चलाउन सहमत भएका हुन् ।

‘कसैले यसलाई लिम्बू लिपि, कसैले किरात लिपि, कसैले किरात सिरिजङ्गा लिपि भन्छ, तर हाम्रो संस्थागत धारणा किरात सिरिजङ्गा लिपि हो,’ चुम्लुङका अध्यक्ष योगराज लिम्बूले भने, ‘२०४९ सालमा हामीले यो लिपिलाई किरात सिरिजङ्गा लिपि भनेर नामाकरण गर्दा त्यसबेला नै हामीले भनेको कुरा यो लिपि हाम्रो मात्र हुन सक्दैन, यो अरुले चलायो भने मात्र बढी व्यापक र जीवन्त हुन्छ भनेर हामीले त्यतिखेरै भनेका थियौं ।’

३६ वटा व्यञ्जन र ६ वटा स्वर वर्ण रहेको किरात सिरिजङ्गा लिपिले सबै किराती भाषाहरुको वर्ण समेट्न नसक्ने भएकोले अपुग वर्णहरु थप्नुपर्ने विज्ञहरुको भनाइमा अध्यक्ष लिम्बूले भने, ‘यसले हाम्रो सबै भाषाको पर्याप्तता देखाएन भन्ने कुरा आयो । तर यसलाई हामीले विज्ञहरुसँग मिलेर याे लिपिले जति बोक्छ त्यसलाई प्रयोग गरेर जाने, त्यसमा अपुग कुराहरु थपेर बनाउने भन्ने कुराहरुचाहिँ नितान्त विज्ञहरुसँग सम्बन्धित कुरा भयो । त्यसकारण यसलाई विज्ञहरुको चरणमा छलफल गर्नुपर्छ भन्ने मलाई अनुभूति भयो ।’

सो क्रममा उनले लिपिको नामाकरणमा भने सिरिजङ्गालाई श्रेय दिनुपर्ने बताए ।

किरात याक्खा छुम्माका अध्यक्ष लिलबहादुर रोगुले संयुक्त लिपि बनाउनेबारे ढिलै भए पनि छलफल सुरु भएको बताए ।
उनले साझा लिपि निर्माणका लागि भाषाविद् तथा विज्ञहरुले नै बढी मिहिनेत गर्नुपर्ने बताए ।

‘ढिलै भए पनि हामी एकताबद्ध भएर संयुक्त लिपि बनाएर अघि बढ्नसक्छौं भन्ने एउटा खाका तयार भएको छ । यसमा धेरै छलफल गरौं, विशेषगरी बुद्धिजीवी साथीहरुले पसिना बगाउनुस्, मिहिनेत गर्नुहोस्, मेरो अनुरोध छ,’ उनले भने, ‘यसमा तेरोमेरो भन्ने कुरो छोडौं, यो हामीले गर्नुपर्छ भन्ने भावना राखेर अघि बढौं ।’

सुनुवार सेवा समाजका अध्यक्ष रणवीर सुनुवारले साझा लिपि निर्माणको छलफल कार्यक्रमले निरन्तरता पाउनुपर्ने बताए ।

आफूहरुले संस्थागत रुपमा अलग लिपि बनाएर प्रयोगमा ल्याउन लागेको भए पनि किरातीहरुको साझा लिपि बनाउने विषयमा सहमति रहने उनकाे भनाइ छ ।

लिपि निर्माणका लागि आफूहरुको संस्थाको तर्फबाट विज्ञ चाहिए डा. लाल रापचालाई लिन सकिने उनले बताए ।

‘संस्थाको तर्फबाट विज्ञ चाहिन्छ भने डा.लाल रापचा लिनुस्, संस्थागत प्रतिनिधि चाहिन्छ भने उत्तमकुमार सुनुवार र महिला प्रतिनिधि चाहिन्छ भने शोभा सुनुवार लिनुस्,’ उनले भने, ‘तर बिना छलफल, तपाईहरुले लादेर, मैले लादेरमात्र हुँदैन । तपाईंहरु सबैले यो कुरालाई सहमति जनाउनुभएको छ, त्यसमा हाम्रो पनि सहमति छ ।’

किरात राई यायोक्खाका अध्यक्ष दिवस राईले किराती भाषाहरु जोगाउनका लागि अब साझा अवधारणामा जानुपर्ने बताए । उनले कुनै पनि लिपि जति बढीले प्रयोग गर्यो उत्ति नै समृद्ध हुने बताए ।

दुईदिने गोष्ठिमा भाषाविद् तथा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. तारामणि राईले ‘किराती भाषाहरुमा साझा वर्णमालाको अवधारणा र लिपि’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

उनले किराती भाषाहरुको वर्णहरुबारे समिक्षा गर्दै सबै भाषालाई समेट्ने गरी किरात सिरिजङ्गा लिपिलाई साझा लिपि बनाउने भए करिब ४३ वटा व्यञ्जन वर्णसहितको लिपिको टेम्प्लेट (नमूना) बनाउनुपर्ने बताए ।

प्रतिष्ठानको सदस्यसचिव कमलप्रसाद राजवंशीको अध्यक्षतामा भएको गोष्ठिको दोस्रो दिनको कार्यक्रममा थामी समुदायका अगुवा रमेश थामीसहित किरात समुदायका सांस्कृतिक अभियान्ताहरु, भाषिक संस्थाका प्रतिनिधिहरुलगायत सहभागी थिए ।

26 COMMENTS

  1. किरात याक्थुङ चुम्लुङका अध्यक्ष योगराज लिम्बू, ज्य, किरात याक्खा छुम्माका अध्यक्ष लिलबहादुर रोगुले , सुनुवार सेवा समाजका अध्यक्ष रणवीर सुनुवार ज्यु, हजुरहरु कहिलेसम्म…

  2. ‘राई यायोक्खा नामक एनजिओ एनजिओ (समाजकल्याण परिषद दर्ता नम्बर÷एसडब्लुसी–२६५६, काठमाण्डौ जिल्ला प्रशासन कार्यलय काजिप्रका÷रजिस्टर्ड नम्बर–३२८÷०४९÷०५०) को पुच्छर भएर हिँड्नु हुन्छ ? किनभने, विसं २०६८ मा कुलुङ लगायत १२ वटा किरातीहरु जो विगतमा जानेर वा नजानेर राईकरणको मारमा परेका…

  3. उनीहरुको अलग्गै जातीय तथ्यांक आएको हजुरुहरुलाई थाहा छैन ? छैन भने ठीकै छ । छ भने जानीजानी त्यसरी राई यायोक्खाको पिछलग्गु हुन अलिकति पनि लाजशरम लाग्दैन हजुरहरुलाई ? नत्रभने, कुलुङ लगायत १२ वटा (अरु पनि छन्, जस्तै थामी, हायु, सुरेल, जिरेल आदि) लाई पनि समेटौं, नभए त हामले भन्ने माग्ने आत्मनिर्णयको के अर्थ ?…

  4. किरात याक्थुङ चुम्लुङका अध्यक्ष योगराज लिम्बू, ज्यु, किरात याक्खा छुम्माका अध्यक्ष लिलबहादुर रोगु ज्यु, सुनुवार सेवा समाजका अध्यक्ष रणवीर सुनुवार ज्यु, हजुरहरु कहिलेसम्म राई यायोक्खा नामक एनजिओ एनजिओ (समाजकल्याण परिषद दर्ता नम्बर÷एसडब्लुसी–२६५६, काठमाण्डौ जिल्ला प्रशासन कार्यलय काजिप्रका÷रजिस्टर्ड नम्बर–३२८÷०४९÷०५०) को पुच्छर भएर हिँड्नुहुन्छ ? किनभने, विसं २०६८ मा कुलुङ लगायत १२ वटा किरातीहरु जो विगतमा जानेर वा नजानेर राईकरणको मारमा परेका थए, उनीहरुको अलग्गै जातीय तथ्यांक आएको हजुरुहरुलाई साँच्चै थाहा छैन ? छैन भने ठीकै छ । छ भने जानीजानी त्यसरी राई यायोक्खाको पिछलग्गु हुन अलिकति पनि लाजशरम लाग्दैन हजुरहरुलाई ? नत्रभने, कुलुङ लगायत १२ वटा (अरु पनि छन्, जस्तै थामी, हायु, सुरेल, जिरेल आदि) लाई पनि समेटौं, नभए त हामीले भन्ने वा माग्ने आत्मनिर्णय अधिकारको के अर्थ ? भन्नु सक्नुपर्यो । यदि हामीले अरुलाई दलनमलनमा पार्यौं वा बहिस्करण गर्यौं भने त बाहुन क्षेत्री वा राज्य र हामीमा के फरक ? भनेर यसो मुखबाट मौलौ निकालेर बोल्नुहोस्, नत्रभने, हाम्रा भावी पुस्ताले सराप्ने र इतिहास कलंक लगाउँछ नै, राई यायोक्खा नामक एनजिओको हर्ताकर्ताहरुलाई साथै कथित् ४ किरात मात्रै देख्ने किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा, सुनुवार सेवा समाजका महत्वपूर्ण पदमा बस्नेहरुको निधारमा कलंक लाग्छ नै र, हाम्रा आउँदो पुस्ताले मूल्यांकन गर्ने नै छ । त्यसैले हेरौं, किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा, सुनुवार सेवा समाजका टप फाईव फाईपमा बसेका मान्छेहरु कहिलेसम्म यायोक्खाको लगाम वा मौलो लगाएर हिँड्नु वा बस्नु हुँदो रहेछ ।
    साथै किरात याक्खा छुम्मा र सुनुवार सेवा समाजका अध्यक्ष लगायत जान्नेबुभ्mनेहरुमा मेरो प्रश्न छ, अभैm पनि तपाईँहरुको मान्छेले याक्खा राई, सुनुवार राई भनेर हिँड्छन् । मैलै गफ लाए जस्तो हुन्छ । तर, त्यसो भन्ने याक्खा र सुनुवारहरुलाई मैले तपाईँहरु याक्खा राई होइन याक्खाा मात्रै हो, सुनुवार राई होइन, सुनुवार मात्रै हो । राई त पद वा पगरी मात्रै हो भनेर सम्झाउने, बुझाउने गरेको छु । यसबारेमा मैले गल्ती पो गर्दैछु कि ?…

  5. चुम्लुङ, छुम्मा र सुसेसका अध्यक्ष ज्युहरुलाई प्रश्न
    किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा र सुनुवार सेवा समाजका अध्यक्ष ज्युहरु, हजुरहरु कहिलेसम्म राई यायोक्खा (स्मरण रहोस्, ‘यायोक्खा’ कुनै माइकालाल राईको भाषा नभएर बान्तावा जातिको भाषा हो ।) नामक एनजिओ (समाजकल्याण परिषद दर्ता नम्बर÷एसडब्लुसी–२६५६, काठमाण्डौ जिल्ला प्रशासन कार्यलय काजिप्रका÷रजिस्टर्ड नम्बर–३२८÷०४९÷०५०) को पुच्छर भएर हिँड्नु हुन्छ ? वा लगाम लगाएको घोडासरह दायाँबाँया नहेरी यायोक्खाले डोर्याएको बाटोमा हिँड्नु हुन्छ ? मेरो मतलब …

  6. किनभने, ‘साल्पा अनलाइन’ र ‘सार्बजनिक अनलाइन’मा (०७८ आसार २६ र २७ गते) आएको समाचारअनुसार तपाईँहरुले (४ किराती !?) श्रीजंगा वा श्रीजङ्गा लिपिलाई साझा लिपि बनाउने भन्ने समाचार सुन्न वा भनौं पढ्न पाईयो । सो कुरो (श्रीजंगा वा श्रीजङ्गा लिपिको प्रयोग) राम्रो नै हो तर, त्यसबारे विस्तृतमा पछि कुनै वेला अलग्गै लेख लेखौंला ।

  7. अहिलेलाई मेरो मूल र गम्भीर प्रश्न यो छ कि, ‘किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा र सुनुवार सेवा समाज’का अध्यक्ष ज्युहरु, अथवा सो संस्थाको टप फाइव÷फाइप पदमा रहनु भएका मान्छेहरु हजुरहरु कहिलेसम्म अरु (राई यायोक्खा) ले भनेको कुरामा नै ‘चोचोमा मोचो’ मिलाएर हिँड्नु हुन्छ ? के तपाईँहरुमा साँच्चै आप्mनै ब्रह्मले केही देख्दैन ? नत्रभने, अहिलेसम्म पनि तपाईँहरु किन राई यायोक्खाको पुच्छर भएर हिँड्नु हुन्छ ?

  8. वा लगाम लगाएको घोडासरह यायोक्खाले डोर्याएको बाटोमा हिँड्नु हुन्छ ? स्मरण रहोस्, केन्द्रीय तथ्यांक विभाग (केतवि) ले ०६८ मा गरेको जनगणनाअनुसार पहिलो कुलुङ २८ हजार ६१३, दोस्रो नाछिरिङ ७ हजार १५४, तेस्रो याम्फु ६ हजार ९३३, चौथो चाम्लिङ ६ हजार ६६८, पाँचौं आठपहरिया ५ हजार ९७७, छैठौं बान्तावा ४ हजार ६०४, सातौं थुलुङ ३ हजार ५३५, आठौं मेवाहाङ ३ हजार १००, नौ औं बाहिङ ३ हजार ९६, दशौं साम्पाङ १ हजार ६८१, एघारौं खालिङ १ हजार ५७१ र १२ औं मा लोहोरुङ १ हजार १५३ जना आएको छ ।

  9. यसरी हेर्दा त्यसअघि (०५८ को जनगणनाअघि) जानेर वा नजानेर अथवा ‘राई !’ लेख्दा आपूm पनि ‘तालुकदार’ वा ‘जिम्मावाल’ ‘राई !’सरह होइन्छ ! भनेर नामको पछाडि ‘राई !’ लेख्दै आएका १२ वटा किराती जातिहरु अलग्गै जातिको रुपमा आएको छ वा भनौं तथ्यांककृत भएका छन् । माथिको तथ्यांक जातिगत तथ्यांक मात्रै हो । त्यस्तै माथिको १२ वटा किराती जातिहरुको भाषिक तथ्यांक पन अलग्गै आएको छ ।

  10. भाषिकअनुसार पहिलोमा बान्तावा एक लाख ३२ हजार ५८३, दोस्रोमा चाम्लिङ ७६ हजार ८००, तेस्रोमा कुलुङ ३३ हजार १७०, चौथोमा थुलुङ २० हजार ६५९, पाँचौंमा साम्पाङ १८ हजार २७०, छैठौंमा खालिङ १४ हजार ४६७, सातौंमा बाहिङ ११ हजार ६५८, आठौंमा नाछिरिङ १० हजार १७६, नवौंमा याम्फु ९ हजार २८०, दशौंमा आठपहरिया ७ हजार ५३०, एघारौंमा मेवाहाङ ४ हजार ६५० र बाह्रौंमा लोहोरुङ ३ हजार ७१६ रहेको छ ।

  11. यसरी हेर्दा विगतमा कुलुङलगायत १२ वटा किरातीहरु जो विगतमा जानेर वा नजानेर अथवा नामको पछाडि ‘राई !’ लेख्दा आपूm पनि ‘तालुकदार’ वा ‘जिम्मावाल’ ‘राई !’सरह होइन्छ ! भनेर आप्mनो नामको पछाडि ‘राई !’ लेख्दै आएका थिए । ती मध्ये १२ वटा किराती जातिहरुले अलग्गै जातीय तथ्यांक अंकित गरेका थिए । त्यसका लागि पनि ‘कुलुङ समुदायका अगुवाहरु र आदिवासी किरात महासंघको नेतृत्व’ले कति पापड बेल्नुपरेको थियो ? त्यसको छुट्टै कथा छ ।

  12. त्यस्तो गम्भीर र महत्वपूर्ण कुराहरु पनि हजुरुहरु (‘किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा र सुनुवार सेवा समाज’का अध्यक्ष ज्युहरु, अथवा सो संस्थको टप फाइव÷फाइप पदमा रहनु भएका मान्छेहरु) लाई साँच्चै थाहा छैन ? अथवा आजको २१ औं जमाना भनिएको समयमा पनि स्वविवेक प्रयोग नगरेर हजुरहरु अरु (राई यायोक्खा) ले भनेको कुरामा नै ‘चोचोमा मोचो’ मिलाएर हिँड्नु हुन्छ ? के तपाईँहरुमा साँच्चै आप्mनै ब्रह्मले केही देख्ने क्षमता छैन ?

  13. प्रश्न त निक्कै गम्भीर पो छ है, बुभ्mन चाहनेहरुका लागि अथवा भनौं जानाजान बुझ पचाउनु हुँदैन ! भन्ने मनुवाहरुका लागि !? अझ प्रस्टसँग भन्नु पर्दा अरुलाई जानी बुझी थिचोमिचो गर्नु हुँदैन, हेँलाहोचो गर्नु हँुदैन भन्नेहरुका लागि । साथै आत्म–ज्ञानी, स्वत्व, स्वविवेक, चेतना, चैतन्य, ज्ञान, फराकिलो सोचाई, आत्म–सम्मान आदि भएका मानिसहरुका लागि पनि । तर, अचम्म के भने, ‘किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा र सुनुवार सेवा समाज’का अध्यक्ष ज्युहरु, अथवा सो संस्थाको टप फाइव÷फाइप पदमा रहनु भएका मान्छेहरु हजुरहरु कहिलेसम्म अरु (राई यायोक्खा) ले भनेको…

  14. कुरामा नै ‘चोचोमा मोचो’ मिलाएर हिँड्नु हुन्छ ? के तपाईँहरुमा साँच्चै आप्mनै ब्रह्मले केही देख्दैन ? नत्रभने, अहिलेसम्म पनि तपाईँहरु किन राई यायोक्खाको पुच्छर भएर हिँड्नु हुन्छ ? वा लगाम लगाएको घोडासरह दायाँबाँया नहेरी यायोक्खाले डोर्याएको बाटोमा हिँड्नु हुन्छ ? कि जानाजान ‘आयाराम, गयाराम पारा’ अपनाउनु भएको हो ? त्यसै त अहिलेसम्म पनि तपाईँहरु राई यायोक्खा नामक एनजिओको पुच्छर भएर हिँड्नु भएको होइन होला ?…

  15. किनभने हामी (कुलुङ) ले जातीय स्वपहिचानको मुद्घा÷सवाल उठाउन थालेको विसं ०५७÷५८ देखि हो । २०÷२१ वर्षसम्म पनि यो कुरा ‘किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा र सुनुवार सेवा समाज’का अध्यक्ष ज्युहरु, अथवा सो संस्थाको टप फाइव÷फाइप पदमा रहनु भएका मान्छेहरुले थाहा नपाउनु भनेको साह्रै दुःखद (एक हिसावले भन्ने हो भने, हास्यस्पद) नै हो ।

  16. त्यसैले प्रस्टसँग भन्नुहोस्, अरु (राई यायोक्खा) ले भनेकै कुरामा नै ‘चोचोमा मोचो’ मिलाएर हिँड्नुपर्ने वाध्यता के छ ? के तपाईँहरुमा साँच्चै आप्mनै ब्रह्मले केही देख्दैन ? नत्रभने, अहिलेसम्म पनि तपाईँहरु किन राई यायोक्खाको पुच्छर भएर हिँडनुपर्ने वाध्यता वा कारण के हो ? लगाम लगाएको घोडासरह आपूmलाई चढ्नेले जता झट्कार्यो त्यतै हिँड्ने÷दौडने (दायाँबाँया नहेरी) गर्नु भएको होइन होला ? कि के छ, यायोक्खाले डोर्याएको बाटोमा हिँड्नु हुन्छ ? लाई साँच्चै थाहा छैन ? छैन भने ठीकै छ ।

  17. छ भने जानीजानी त्यसरी राई यायोक्खाको पिछलग्गु हुन अलिकति पनि लाजशरम लाग्दैन हजुरहरुलाई ? नत्रभने, कुलुङ लगायत १२ वटा (अरु पनि छन्, जस्तै थामी, हायु, सुरेल, जिरेल आदि) लाई पनि समेटौं, नभए त हामीले भन्ने वा माग्ने आत्मनिर्णय अधिकारको के अर्थ ? भन्नु सक्नु पर्यो । यदि हामीले अरुलाई दलनमलनमा पार्यौं वा बहिस्करण गर्यौं भने त बाहुन क्षेत्री वा राज्य र हामीमा के फरक ? भनेर यसो मुखबाट मौलौ निकालेर बोल्नुहोस्, नत्रभने, हाम्रा भावी पुस्ताले सराप्ने र इतिहास कलंक लगाउँछ नै,…

  18. राई यायोक्खा नामक एनजिओको हर्ताकर्ताहरुलाई साथै कथित् ४ किरात मात्रै देख्ने महत्वपूर्ण पदमा बस्नेहरुको निधारमा कलंक लाग्छ नै र, हाम्रा आउँदो पुस्ताले मूल्यांकन गर्ने नै छ । त्यसैले ‘किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा र सुनुवार सेवा समाज’का अध्यक्ष ज्युहरु, अथवा सो संस्थाका टप फाइव÷फाइप पदमा रहनु भएका मान्छेहरु हजुरहरु कहिलेसम्म अरु (राई यायोक्खा) ले भनेको कुरामा नै ‘चोचोमा मोचो’ मिलाएर हिँड्नु हुन्छ ? के तपाईँहरुमा साँच्चै आप्mनै ब्रह्मले केही देख्दैन ?

  19. नत्रभने, तपाईँहरु (‘किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा र सुनुवार सेवा समाज’का अध्यक्ष ज्युहरु, अथवा सो संस्थाको टप फाइव÷फाइप पदमा रहनु भएका मान्छेहरु) हजुरहरु कहिलेसम्म अरु (राई यायोक्खा) ले भनेको कुरामा नै ‘चोचोमा मोचो’ मिलाएर हिँड्नु हुन्छ ? हर्दै गरौं !? जे होस्, कुलुङ को हुन् ? धेरै पटक लेखि सकिएको छ ।

  20. त्यसैले कुलुङ जातिको उत्पत्ति थलो कहाँ हो ? उनीहरुको ऐतिहासिक थलो भूमि छ÷छैन ? कुलुङहरु अन्य जातिसरह स्वतन्त्र जातीय अस्तित्व भएको छुट्टै जाति हो÷होइन ? कुलुङको जनसंख्या कति छ ? कुलुङ मातृभाषी कति छन् ? आदिबारे नेपालका अन्य जातताति, समुदाय, वर्ग, समूहका मान्छेहरुले पनि धेरथोर थाहा पाएका छन् ।

  21. नेपालको हालसम्मको जातीय बनोटको आधारमा उदाहरण प्रस्तुत गर्दा मगर नेपालको एउटा जाति मानिन्छ । अनि जसरी मगरभित्र थापा, क्याप्चाकी, आले, सोमई, तिलिजा, पुन, गर्बुजा, मास्की, रज्जाली थरहरु हुन्छन्, त्यसरी नै कुलुङ भनेको पनि नेपालको एक जाति हो । त्यस्तै कुलुङ जातिभित्र पनि विभिन्न थर÷उपथरहरु छन् ।

  22. जस्तै थिम्रा, लोवात्ती, ङोपोचो, तोङेर्बु, होनित्ति, बुक्खो, सोम्फोरु, देउराम, लाम्लछा, ताम्बुछा, तोर्ङो, सैमालुङ, पिदिसै, सूर्वा, राजित्ति, थोप, वारोखु, गोक्तुलु, वालाखाम, वार्सी, तोमोछा, सेकछा, थोमरोस, मान्थेर्बु, मोल्थो, ङोपोचो, रोतेम्बु लगायत ३८० वटाभन्दा बढी कुलुङ जातिभित्र थर÷उपथरहरु रहेको छ । त्यसैले कुलुङ–कुलुङबीचमै विवाहवारी चल्ने गरेको छ ।

  23. अन्यथा ‘मुसलमान’ जस्तो हुनुपर्यो ‘दूधको नाता मात्रै बार्ने, रगतको नाता नबार्ने’ तर, कुलुङहरु वंशभित्र सातपुस्ता र मावलीतर्पm पाँचपुस्ता नाता पछ्याउने प्रचलन छ । केहीगरी नातापातामा अनैतिक ढंगले यौन सम्बन्ध+विवाह भयो भने, त्यस्ता दम्पत्तिलाई नयाँ थर र दप्निङ÷दप्सनिङ÷दिईन्छ । त्यसपछि उनीहरु कुटुम्बसरह हुन्छन् ।

  24. त्यही भएर पनि ‘आदिवासी जनजातिहरुमा पहिलेदेखि नै मानवअधिकारको ग्यारेन्टी पनि रहेको थियो !’ भन्ने गरिन्छ । कति हाडनातामा बिग्रनेहरु ‘लाजगाल’ले गर्दा भागेर मुग्लान भासिन्छन् । राज्यले हरेक १०–१० वर्षमा गर्ने राष्ट्रिय जनगणनालाई आधार मानेर कुन जात वा जातिको समग्र आर्थिकअवस्था, शैक्षिकअवस्था, रोजगारीको उपलब्धता, लैगिकसमानता वा असमानता, उनीहरुको बाँच्ने उमेर+आयु, खेतीपाती, सरकारीनोकरी, विकास प्रक्रियामा सहभागिताबारे तथ्यांक केलाएर कदम चाल्ने गर्छ । त्यसैले जनगणनाको महत्व धेरै रहने गरेको छ ।

  25. हामी सबै कुलुङहरुमा याद रहोस्, केन्द्रीय तथ्यांक विभाग (केतवि) ले आगामी ११ औं राष्ट्रिय जनगणनामा “कुलुङ” जातिलाई दिएको अलग्गै जातिगत ‘कोड–२९’ र अलग्गै ‘भाषागत कोड–३३’ रहेको छ है !?

  26. नोटः सार्बजनिक तथा साल्पा अनलाइनका प्रकाशक तथा सम्पादक ज्युहरु, हिजोअस्तिको कमेन्ट दवावमा परेर हो वा आपैmहो ? हटाुउनु भएछ । आपूmले दिएको वा भनौं प्रकाशन गरेको समाचार, लेख, रचना, फिचर आदिको प्रतिक्रिया, टिप्पणी अथवा प्रतिटिप्पणी मन पर्दैन वा … भने समाचारै नदिएको राम्रो होला कि ? किनभने, समाचारै नदिएपछि प्रतिक्रिया, टिप्पणी अथवा प्रतिटिप्पणी पनि आउँदैन । होइन त ? कि कसो हौं सार्बजनिक तथा साल्पा अनलाइनका प्रकाशक तथा सम्पादक ज्युहरु ????

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here