बहुराष्ट्रिय राज्य विरोधीहरूलाई ईथोपिया पठाइदेऊः आङकाजी शेर्पा

ईथोपियामा पठाई देऊ …
टपरे युवाहरू
गगने, बिष्ने र गेजे लाई
वहु राष्ट्रिय राज्य विरोधी
नश्लवादी पृथ्वी नारायण शाहको
नव अवतारहरूलाई ….

(१) वहुराष्ट्रिय पहिचानमा आधरित १० प्रदेशले ईथोपियाको आन्तरिक राष्ट्रिय एकता मजबुत बनाएर र ईथोपियालाई टुक्रिनबाट बचाएको तथ्या आफैले हेरोस !

(२) नेपाल जस्तै लामो जनयुद्ध र द्वन्द्वमा फसेका ईथोपियले नयां संविधान निर्माण गरेर त्यहांका जातिय, सामाजिक र राजनीतिक र क्षेत्रिय अन्तरविरोधलाई सम्बोधन गर्दै समृद्ध र विकासको शिखर चुम्दै गरेको ईतिहास अध्ययन गरोस !

(३) सबैको धर्म, संस्कृति र भावन प्रतिविम्बित आ-आफ्नै प्रदेशको झण्डा हुदैमा देश नै अलग हुदैन रहेछ भनेर सिकोस

(४) नेपालका आदिवासी र मधेसीले पनि नेपाललाई ईथोपिया जस्तै वहुराष्ट्रिय राज्य बनाउन चाहेको रहेछ भन्ने ज्ञान हासिल गरोस !

(५) नेपालका मातृभुमि प्रेमी राष्ट्रभक्त आदिवासी र मघेसीले नेपाललाई वंगलादेश र पाकिस्तान जस्तो अलग देश किमार्थ बनाउन खोजेको होईन भन्ने सत्य पनि बुझोस ।

(६) वहुराष्ट्रिय पहिचानमा आधरित १०+१ प्रदेश, धर्मनिरपेक्ष, समावेशि गणतन्त्रबारे गोयबल शैलीमा निरन्तर निराधर कपोकल्पित भ्रम छरेर ….

(७) नेपालमा ४०० बर्षदेखि चल्दै आएको एउटै जात, एउटै भाषा, एउटै भेष सहितको हिन्दुराज्य पुनस्थापना गर्ने षडयन्त्रको हामी पर्दाफास गरेर छाडछौ !

(८) राष्ट्र भनेको कुनै भू-भाग, ढुङ्गा, माटो र खोलानाला सांध सीम होईन ! राष्ट्र भनेको त्यहां बसोबास गर्ने जाती समुदय र उनिहरूको भाषा, धर्म, संस्कृति र सभ्यता हो !

अन्तमा …..

लुम्बिनीले हामी सबैको कल्याण गरून !
• सत्य बिजय अवश्य जुई !
• सत्य बिजय अवश्य खाबा !
• सत्य चुक्यानी हिन्सीङ ग्यलगितो !
• सत्य मेव जयते !
• Truth definitely wins !
• सत्यको बिजय अवश्य हुनेछ !
(आङकाजी शेर्पाको फेसबुकबाट)

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here