दुईजना गोरे युवाले काम खोज्दै मेरो गाडी सफा गर्ने अनुमति मागे

पश्चिमा देशमा कामलाइ सानो ठुलो मानिदैन, काम र मेहनतलाइ प्राथमिकता दिन्छ, चाहे काम सानो होस या ठुलो कामलाई सम्मान दिन्छ ।

-आज मेरो निवासमा दुइ जना गोरे युवा student तपाइको गाडी सफा गर्नु छ ? भनेर सोध्न आयो … आज हाम्रो स्कुल बिदा छ गाडी सफा गर्नु छ भने हामी तपाइको गाडी सफा गरी दिन्छौ भने… student life मा पैसा कतीको आवश्यक पर्छ सो म आफैले पनी भोगेको छु । ति दुइ जना युवा गोरे student लाइ हुन्छ गर भनेर अनुमती दिए । करिब एक घण्टा लगाएर मेरो कार सफा गरी दिए, काम सके पछी पैसा दिए र खुसी भएर हामी अर्को घरमा पनि गाडी सफा गर्नु छ भनेर बाटो लागे।

युरोप अमेरिकामा बडे हुर्केका छोरा छोरीहरुलाइ आमा बाबा ले प्राय पोकेट मनी दिदैन। युवा student हरुले पोकेट मनीका लागी यसरी सानो तिनो काम गर्दै पैसा कमाउछन र खर्च गर्छन् ।

हामीले पनी यिनीहरुबाट पाठ सिक्नु पर्छ। ठुलो मात्र काम सानो तिनो काम होइन भन्ने मानसिकता त्याग्न पर्छ ।

(जंग सुनुवारकाे फेसबुकबाट, हाल बेलायतमा रहेका उनी भूतपूर्व गाेर्खा सेना हुन्)

 

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here