कसरी भयो माेडल निशा घिमिरेकाे यस्तो अवस्था ?

सवारी दुर्घटनामा परेपछि कलाकार निशा घिमिरे अहिले जीवन मरणकाे दाेसाँधमा पुगेकी छन् ।

विभिन्न म्युजिक भिडियाेमा अभिनय गरेकी निशाकाे उच्च शिक्षा अध्ययनको क्रममा भारतमा सवारी दुर्घटनामा  परेकी थिइन् ।

उपचारका लागि आर्थिक समस्या परेपछि उनकाे अवस्था नाजुक भएकाे हाे । उनी टिनले काेठा बनाएकाे एक स्थानमा सुतिरहेकी तस्बिर सामाजिक सञ्जालमा देखिएकाे छ ।

कलाकार संघकी उपाध्यक्ष रेजिना उप्रेतीले निशाकाे बिरामी अवस्थाकाे तस्विर सामाजिक सञ्जालमा राख्दै सहयाेगकाे अपिल गरेकी छन् ।

उनले लेखेकी छन्, ‘नेपाली कला क्षेत्रमा जम्दै गरेकी एउटा नाम निशा घिमिरेको यो अवस्था देख्दा निःशब्द छु ।’

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here