एमालेका दुई समूह मिले हामी पनि माओवादी फर्किन सक्छाैः मणि थापा

६ जेठमा सर्वोच्च अदालतले गैरसांसद सात मन्त्रीलाई पदमुक्त गर्ने आदेश दियो ।    उनीहरू पदमुक्त भए । तर, उनीहरू विरुद्ध सर्वोच्चमा परेको मुद्दाको किनारा लागिसकेको छैन । यसैबीच शुक्रबार प्रधानमन्त्री केपी ओलीले जनता समाजवादी पार्टीका महन्थ ठाकुर र राजेन्द्र महतोलाई सरकारमा सामेल गरेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । यससँगै माओवादीबाट एमाले प्रवेश गरेका सातै माओवादी नेता मन्त्री हुने सम्भावना क्षीण भएको छ ।

यसै सन्दर्भमा सो समूहको प्रधानमन्त्री केपी ओलीसँग भइरहेको वार्ता र उनीहरूको योजनाको विषयमा निवर्तमान मन्त्री मणि थापासँग  गरेको कुराकानी :

जसपाका केही नेता सहभागी भएर मन्त्रिमण्डल विस्तार भएको छ, तपाईंहरू फेरि सरकारमा जाने विषयमा प्रधानमन्त्रीसँग केही कुरा भएको छ ?

यो विषयमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चबाट निर्णय भइसकेपछि मन्त्रिमण्डल पुनर्गठन गर्दा राम्रो हुन्थ्यो भन्ने हाम्रो राजनीतिक सुझाव रह्यो प्रधानमन्त्रीज्यूलाई । मुख्यतः चासो छैन भन्ने होइन, सर्वोच्चको अन्तरिम आदेशले नै हामीलाई रोक्यो ।

प्रधानमन्त्रीसँग के कुराकानी भइरहेको छ ?

हाम्रो व्यक्तिगत कुराकानी भएको छैन । हामी व्यक्तिगत रूपमा त्यति इच्छुक पनि छैनौं । सर्वोच्चको निर्णयपछि गर्दा नै राष्ट्रिय राजनीतिमा यसको इम्प्रेसन राम्रो हुनेथियो भन्ने हाम्रो लजिक छ । दोस्रो चाहिं यो वामपन्थीहरूको जनमत हो । वामपन्थीहरूलाई अलिकति सुदृढ गर्ने कुरा गर्दा पनि राम्रो हुन्छ भन्ने खालको सुझाव थियो हाम्रो । एउटा सर्वोच्चको मुद्दाको विषय हो, अर्को राजनीतिक अवस्थामा हतारिनुहुन्न भन्ने छ ।

ठूलो संख्यामा जसपाबाट मन्त्रीहरू बनेपछि तपाईंहरू सात जनालाई नै सरकारमा समेट्न सकिने अवस्था त अब क्षीण भयो नि ?

यसलाई हामीले त्यति ठूलो विषय बनाएका छैनौं । त्यो बेलामा एउटा क्रिटिकल अवस्था थियो, हामीले केपी कमरेडलाई समर्थन गर्‍यौं । अवस्था अलिक फरक भयो । सर्वोच्चले के निर्णय गर्छ, त्यो आफ्नो ठाउँमा छ । उहाँलाई हामीले अहिले नेतृत्व मानिसकेपछि अब भागबण्डा हुनुपर्छ भन्ने चाहिं हाम्रो धारणा छैन ।

पूरा पढ्नका लागि www.janadeshkhabar.com मा जानुहाेलाः

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here