अनि त्यही बालक ठूलो भएर खड्ग ओलीको नामले प्रख्यात

एक अति जिद्दी बालकले आफ्ना बाबुआमासंग – “म छेपारो खान्छु” भनेर जिद्दी गरे,
बाऊआमाले लाख सम्झाए तर मान्दै मानेन …
हार मानेर बच्चाका मास्टरलाई बोलाईयो,
मास्टर आए र फेरि सम्झाए ।
केहि नलागेपछि उनकै आदेश अनुसार छेपारो मगाईयो…
प्लेटमा राखिएको छेपारो बच्चालाई दिंदै मास्टरले भने –
” ल खा “
बच्चा रूँदै …. –
“यो काँचो त खान्न … तारेको खान्छु”
छेपारोलाई तुरून्तै तारेर ल्याईयो।
मास्टर …
“ल अव चुपचाप खा”
बच्चा उफ्रँदै …
“यो सिंगै त खान्न … आधा मात्र खान्छु”
तुरून्तै दुई टुक्रा पारेर ल्याईयो …
मास्टर …
“ल छिटो खा”
बच्चा भुईंमा मडारिंदै ….
“पहिला त्यो आधा तपाईंले खानु, आधा-आधा खाने “
असिनपसिन भैसकेका मास्टरले पसिना पुछ्दै नाक र आँखा थुन्दै आधा छेपारो निले …
जब मास्टरले छेपारो निले,
बच्चो सासै रोकिएला झैं उफ्रि उफ्रि डाँको छोडेर झनै बेसरी रून थाल्यो।
सवैले सोधे – के भयो फेरि ???
उसले भन्यो –
“मलाई जुन टुक्रा खान मन थियो त्यो सरले खाईदिनु भयो, अब म कुन खाने ???”
मास्टर सुरूवाल तान्दै टाप कसे …..
त्यहि बालक ठूलो भएर खड्ग ओलीको नामले प्रख्यात भयो । 😂
(याे सामग्री सामाजिक सञ्जालमा भेटिएकाे हाे)

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here