मोटी श्रीमतीले थिच्दा श्रीमानको मृत्यु

माेटी श्रीमतीले आफ्नै श्रीमानलाई थिचेर मारेकी छन् । याे घटना रसियाकाे हाे ।

श्रीमान श्रीमतीबीच विवाद भएका बेला रिसाएकी १०१ किलो तौलकी श्रीमतीले माथि चढेर थिच्दा ती श्रीमानको मृत्यु भएको हो ।

रुसका यी दम्पतीबीच कुनै कुरालाई लिएरविवाद सुरु भएको थियो र विवाद विस्तारै बढ्दै गयो । यस क्रममा श्रीमती तात्याना ओ मदिराको नशामा थिइन् । श्रीमतीले श्रीमान एइदरलाई माफी माग्न भनिन् तर श्रीमानले माफी मागेनन् । त्यसपछि रिसमा श्रीमती श्रीमानमाथि चढेर उनको टाउकोमा बसिन् । रिपोटर्छका अनुसार महिलाको तौल १०१ किलो थियो ।

उनी माथि चढेपछि उनका श्रीमानलाई सास फेर्न गाह्रो हुन थाल्यो । तर, श्रीमतीलाई श्रीमानले सास फेर्न नसकेको कुरा थाहा भएन । श्रीमती श्रीमानमाथि त्यतिबेलासम्म बसिरहिन् जबसम्म उनका सास बन्द भएन ।

यी दुईकी छोरी त्यतिबेला घरमै थिइन् । उनी दौडिएर बाहिर गएर एक छिमेकीलाई बोलाएर ल्याइन् । तर, त्यतिबेलासम्म श्रीमानको मृत्यु भइसकेको थियो । केही समयपछि महिलाले पनि श्रीमानको मृत्यु भइसकेको थाहा पाइन् ।

महिलाले आफूले श्रीमानलाई मार्च नचाहेको बताएकी छिन् । उनका अनुसार उनका श्रीमान धेरै बोलिरहेका थिए त्यसैले उनी श्रीमानलाई चुप गराउन चाहन्थिन् । यसैको लागि उनी श्रीमानको मुखमै बसिदिएकी थियन् । सुरुमा महिलामाथि हत्याको अभियोगमा मुद्दा चलाइएको थियो ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here