नेपालमा एकै दिन १३९ जना काेराेना संक्रमितकाे मृत्यु

नेपालमा एकै दिन कोरोनाभाइरसकाे संक्रमणबाट १३९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा १३९ जना संक्रमितकाे मृत्यु भएको छ । एकै दिन यति धेरैकाे मृत्यु भएकाे याे पहिलाे हाे ।

पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका ९,२७१ जना संक्रमित थपिएका छन् । १७ हजार ६२३ जना पीसीआर परीक्षण र ७८८ जनाको एन्टिजेन परीक्षण गरिएकाेमा याे संख्यामा संक्रमित भेटिएका हुन् ।

पछिल्लाे २४ घण्टामा ४००७ जना संक्रमित निकाे भएका छन् ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here