१२औं राष्ट्रिय जनगणनामा खालिङ समुदायले जातिकाे महलमा ‘राई’ लेख्ने

१२ औं जनगणना नजिकिदै गर्दा माप्य दुधकोशी गाउँपालिकाको गाउँसभा हलमा हालै सम्पन्न एक अन्तरक्रियात्मक भेलाले खालिङ राई समुदायले जातिको महलमा ‘राई’ लेख्ने निर्णय गरेको छ ।

किरात खालिङ राई उत्थान संघ, जिल्ला कार्यसमिति सोलुखुम्बुका अध्यक्ष महेश राईको अध्यक्षतामा सम्पन्न भेलाले ‘राई’ जाति आफूहरुको गार्विलो इतिहास भएको निश्कर्ष सहित राई जातिबाट आफूहरु कुनै हालतमा अलग हुन नमिल्ने भएकाले राई नै लेख्ने निर्णय गरेको हो ।

किरात खालिङ राई उत्थान संघ, केन्द्रीय कार्यसमितिले केही समयअघि जातिको महलमा ‘खालिङ’ मात्रै लेख्ने भनि निर्णय गर्नुका साथै विभिन्न माध्यमबाट यसको प्रचार गर्न थालेपछि यस समुदायमा खालिङ लेख्ने कि राई लेख्ने भन्ने विषयमा सामाजिक सञ्जालदेखि विभिन्न फोरमहरुमा बहस हुँदै आएको छ ।

भेलाले जातिको महलमा ‘राई’, मातृभाषाको महलमा ‘खालिङ’, दोस्रो भाषाको महलमा ‘थुलुङ’, ‘कुलुङ’, ‘नाछिरिङ’, ‘बायुङ/बाहिङ’, ‘चाम्लिङ’, ‘सुनुवार’ आदि, पूर्खाको भाषाको महलमा ‘खालिङ’ लेख्ने भनि निर्णय गरेको छ । साथै भेलाले यसअघि केन्द्रीय कार्यसमितिले ‘खालिङ’ मात्रै लेख्न भनि गरेको निर्णय र सोही अनुरुप विभिन्न संचारमाध्यमहरुमा प्रचार भइरहेकाले उक्त निर्णय सच्याउनका लागि संघलाई औपचारिक अनुरोध गर्ने पनि निर्णय गरेको छ । संघले समुदायसँग जोडिएका यस प्रकारका संवेदनशील बिषयमा निर्णय गर्दा समुदायको तहसम्म छलफल गर्नुपर्ने भए पनि बिनाछलफल अपरिपक्व निर्णय गरेको निश्कर्ष भेलाले निकालेको छ ।

कार्यक्रममा राईको इतिहासबारे अनुसन्धाता भोगीराज चाम्लिङले फोनमार्फत भेलालाई सम्बोधन गर्दै राई शब्द शासकीय परम्परासाँग जोडिएको गर्विलो इतिहास रहेको बताए । ‘राई शब्द हिजो हामीलाई घृणा गरेर गरिएको सम्बोधन होस् वा सम्मान गरेर, यो हाम्रो गर्वको कुरा हो । यो शब्दसँग हाम्रो राज खलकको इतिहास जोडिन्छ । हामी संसारमा राई जातिका रुपमा परिचित छौं । त्यसकारण राई हाम्रो गर्विलो इतिहास बोकेको जातीय पहिचान हो’ उनले भने । त्यसैगरी फोनमार्फत नै किरात राई यायोक्खा, केन्द्रीय कार्यसमितिका अध्यक्ष दिवस राईले किरात राईहरुको हालसम्मको एकता र सद्भावलाई अझ बलियो बनाएर अघि बढ्नुको विकल्प नरहेको बताए ।

माप्य दुधकोशी गाउँपालिकाको प्रतिनिधिमूलक सहभागीता रहेको भेलामा गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले खालिङ राईहरु कुनै पनि हिसाबले राई जातिबाट छुट्टिनका लागि आधारहरु नपुग्ने भन्दै भेलाको निश्कर्षलाई सिरोपर गर्ने बताए । ‘हाम्रो देशमा चीनका हेचे जातिहरुलाई जस्तो हामीलाई अग्राधिकार छैन ।

त्यसकारण हामी खालिङको मात्रै भूगोलमा सीमित हुनु भनेको अस्तित्व हराउँदै जानु हो’ राईले भने, ‘जाति हुनका लागि विभिन्न मापदण्डहरु पूरा गर्नुपर्ने हुन्छ । तर, हाम्रो ती सबै मापदण्ड र आधार अन्य किरात राई समुदायको भन्दा फरक केही पनि छैन । अनि हामी कसरी छुट्टै जाति हुन सक्छौं । हामी राई नै हौं ।’ त्यसैगरी युवा बुद्धिजिवी गौरब राईले राज्यको पहुँचबाट टाढिन नहुने र त्यसका लागि राई नै हुनुपर्ने बताएका थिए ।

कार्यक्रममा जिमी (राई) उत्थान समाज, स्थानीय समिति सोलुखुम्बुका सचिव गणेश कुमार राई ‘वसन्त’ले राई जाति होइन भनेर भ्रम सिर्जना गर्न खोजिएको र समुदायलाई दुर्घटनाबाट बचाउनुपर्ने समय आएको बताए । उनले भने, ‘हामी जति पनि राईहरु छौं, ती सबै भाषामा राई शब्दको सोही अर्थ लाग्ने शब्दहरु अस्तित्वमा छन् । पृथ्वीनारायण शाहले हामीलाई दिएको पद्वी मात्रै भएको भए ती भाषामा राईको समनार्थी शब्द हुने थिएनन । किनभने यो साढे दुई सय वर्षको मात्रै इतिहास हो । राई भाषाहरुको इतिहास हजारौं वर्षको भइसक्यो ।’
कार्यक्रममा मानवशास्त्री जंग बहादुर राईले पनि खालिङहरुको सांस्कृतिक मान्यता, मुन्दुमको कथा वा सार, आर्थिक जीवनशैली सबै कुरा अन्य किरात राईहरुसँग फरक नरहेकाले खालिङहरु छुट्टै जाति हुन नसक्ने बताए । त्यसैगरी संघका केन्द्रीय महासचिव कृष्ण कुमार राईले संस्थाले एक्लौटी र हतारोमा निर्णय गरेको भन्दै यसप्रति आफू सहमत हुन नसकेको बताए ।

भेलाका अध्यक्ष महेश राईले राईले यसप्रकारको संवेदनशील विषयमा सिंगो समुदायको तहमा छलफल गरेर मात्रै निर्णय गर्नुपर्ने भन्दै केन्द्रको निर्णय अपरिपक्व रहेको बताए । शिक्षक, बुद्धिजिवी, समाजका अगुवा, राजनीतिकर्मीलगायत ८० भन्दा बढि सहभागी भेलाले खालिङहरु राई नै हुनुपर्ने निश्कर्ष सर्वसम्मत निकालेको थियो । त्यसैको आधारमा भेलाले राई लेख्ने निर्णय गरेको हो ।

विगत लामो समयदेखि नै यसबारे बहस सिर्जना भएको भए पनि जनगणनाको संघारमा आइपुग्दा यो बिषय पेचिलो बनेको हो । जाति परिवर्तन गर्नेजस्तो संवेदनशील बिषयमा केन्द्रीय कार्यसमितिले पर्याप्त छलफलै नगरी हतारोमा निर्णय गरेको भन्दै समुदायमा असन्तुष्टी सतहमा देखिएको थियो ।

साङ्ग बहादुर राई नेतृत्वको सात सदस्यीय ‘राष्ट्रिय जनगणना २०७८ मा खालिङको सहभागीता बिषयक अध्ययन समिति’ले प्रतिवेदन तयारी गरी जातिको महलमा ‘खालिङ’ मात्रै लेख्न लगाउनका लागि सिफारिस गरेको थियो । विश्वभरि रहेका खालिङहरुको उपस्थिति कति छ ? भन्ने कुराको सही तथ्यांक संकलन गर्ने निश्कर्षका साथ समितिले उक्त सिफारिस गरेको थियो ।

प्रतिवेदनमाथि छोटो समयको छलफलपश्चात नै संघले जातिको महलमा ‘खालिङ’ मात्रै लेख्ने निर्णय गरेको थियो । तर, संघ मातहतका जिल्ला समितिहरु, विदेश शाखा तथा स्थानीय तह कसैको पनि उक्त निर्णयमा समर्थन नरहेपछि बहस सतहमा आएको हो ।

3 COMMENTS

  1. ‘खालिङKA AGUWA JYU’HARU, JASARI जनगणनाMA “राई !” MATRAI LEKHNE NIRNAYA GARNU BHO, ABA AAFNO ‘SASTHAKO NAME PANI ”खालिङ ”राई !” NALEKHER ”राई !” MATRAI LEKHNOS.

  2. TYASTAI ‘BHASHA PANI ”खालिङ ”राई ! BHASHA” NALEKHER ”राई !” ”BHASHA !”” MATRAI LEKHAUNOS/LEKHNOS. TAPAIHARUKO BHABI PUSTALE SARAPE-SARAPOS ! ‘BUT ANY HOW !’ “RAI YAYOKKHA” NAME KO NGO’s”LAI KHUSHI PARNUHOS, AAFU PANI ”RAI !” BHAYER BYAKTIGAT FAIDA LINUHOS, KINBHANE BHABISHYAMA ”KHALING”KO ‘PAHICHAN’ ”RAI !”LE KHAN6. ANI BHABISHYAMA…

  3. ”खालिङ SAMAJ”+”खालिङ’KA ‘SANTAN-DAR SANTAN’HARU ”JATIYA SWAPAHICHANBIHIN BHAYER BHADKHALOMA GAYE JAUN, HAMILAI 6U MATLAB !!!???… KINBHANE SAMAYA 6ANDAI JAGNUPARNE+SAHI NIRNAYA LINUPARNE/GARNUPARNE TA TAPAIHARULE !? …

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here