टिकटक बनाउँदै गर्दा भिरबाट लडेर युवककाे ज्यान गयाे

टिकटकका कारण उदयपुरमा एक युवककाे ज्यान गएकाे छ । कटारी नगरपालिका–११ हर्देनी भिरमा उभिएर टिकटक बनाउने क्रममा भिरबाट लडेर १८ वर्षीय सुभास परियारकाे मृत्यु भएकाे छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा परियार धरान–५ का हुन् । धरानबाट ओखलढुंगातर्फ जाँदै गरेको ना१च ३३७० नम्बरको सुमो शुक्रबार बिहान पौने १० बजे हर्देनी भिरमाथि सडकमा बिग्रिएको थियो ।

सोही सुमोमा सवार रहेका परियार सुमोबाट ओर्लिएर टिकटक बनाउने क्रममा भिरबाट लडेर गम्भीर घाइते भएकोमा उपचारको लागि कटारी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा खटिएको प्रहरी टोलीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here