भारतमा मंगलबार ३७८० जना संक्रमितकाे मृत्यु

पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ८२ हजार नयाँ संक्रमित थपिएका छन्। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार यो अवधिमा ३७८० जनाको मृत्यु भएको छ।

भारतमा हाल सक्रिय संक्रमितको संख्या ३४ लाख ८७ हजार भन्दा बढि पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म दुई करोड ६ लाख भन्दा बढिमा संक्रमण पुष्टि हुँदा कोभिड–१९ का कारण दुई लाख २६ हजार भन्दा धेरैको ज्यान गएको छ ।

भारतमा १६ करोड चार लाख भन्दा बढिले कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा एक मात्रा लगाएका छन् ।

नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिँदा दोस्रो लहरको महामारीबाट भारतको स्वास्थ्य प्रणाली शिथिल बनेको छ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here