यी आश्चर्यजनक सिक्का करिब २००० वर्ष पुरानो हो । यी सिक्काहरु रोमन साम्राज्यका वेश्यालयहरुमा प्रयोग गरिन्थ्यो । जहाँ यौन निषेधित थिएन ।

ती दिनहरुमा निजी जीवनका लागि यौन व्यवहारको कुनै मापदण्ड थिएन । यौन सम्बन्धका विषयमा समाजमा गर्न हुने र नहुने कुराको उनीहरुले कहिल्यै पनि सामाजिक मान्यता बनाएनन् ।

प्रत्येक वयस्कलाई आफ्नाे इच्छा अनुसार शरीरको कुनै पनि अंग खुला राख्ने अधिकार थियो । उनीहरुका लागि नैतिकताको कुरा यौन जीवनका विषयमा लागू हुँदैनथ्यो ।

यौन सम्बन्धलाई एउटा जैविक आवश्यकता र खुसीको सबैभन्दा शक्तिशाली स्रोतको रुपमा लिने गरिन्थ्यो ।
यद्यपि, रोमन साहित्यहरुमा ‘स्पिन्ट्रिया’ भनिने यी सिक्काको बारेमा धेरै उल्लेख गरिएको छैन ।

केही इतिहासकारहरुले यी सिक्का विचित्र खेलमा प्रयोग हुने बताएका छन् । तर, ती भनाइहरुको पुष्टि गर्ने कुनै प्रमाण भेटिएको छैन ।

बट्ट्रे र फ्रिल्याण्डर जस्ता केही विद्वानहरुको भनाइबाट हामी यो भन्न सक्छौ कि यी सिक्का वास्तवमा टोकनको रुपमा वेश्यालयमा प्रवेश गर्न वा वेश्वावृत्ति तिर्न प्रयोग गरिएको थियो ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here