जनता समाजवादी पार्टीका कार्यकारिणी समिति सदस्य तथा सांसद मोहम्मद इश्तियाक राईले पार्टीको बहुमतले गरेको निर्णय सबैले मान्नुपर्ने बताएका छन् ।

उनले सामाजिक सञ्जाल ट्विटरमाबाट याे कुरा उल्लेख गरेका हुन् । लुम्बिनी प्रदेशका चार जना सांसदलाई पदमुक्त गर्न पार्टीले बहुमतले निर्णय गरेको उनले प्रष्ट पारेका छन् ।

उनले अध्यक्ष महन्थ ठाकुरले पार्टीको आधिकारिक निर्णयका लागि बैठक बसाउन नमानेको खुलासा समेत गरेका छन् । तर, मैले भनेको र गरेको सबथोक सही र तिमीहरुले मान्नुपर्ने खालको कुरा गर्न नहुने उनकाे तर्क छ ।

 

उनले लेखेका छन्, “मैले नबुझेको नैतिकता#पार्टी र आफ्नै निर्णय विपरीत मंत्रीको सपथ खान लगाउने#पार्टिको बिना निर्णय वार्ता समिति बनाउने#पार्टीको अधिकारिक निर्णयका लागी बैठकनै बसाउन नमान्ने#मैले भनेको गरेको सबथोक सही तिमी हरू मान्नु पर्ने, पार्टीको वैधानिक बहुमतको निर्णय हुन्दा नैतिकताको पाठ सिकाउने ।”

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here