न्यूयोर्क । “साहित्यमा आदिवासी जनजाति सौन्दर्य लेखौ” भन्ने नाराका साथ भेला भएको अमेरिकामा बस्दै आएका आदिवासी जनजाति साहित्यकारहरुको भेलाले मणि बाङ्देल राईको नेतृत्वमा आदिवासी जनजाति साहित्यकार महासंघ गठन गरेको छ ।

११ सदस्यीय कार्य समितिमा उपाध्यक्ष फरा देण्डी शेर्पा, महासचिव जसकुमार राई, सचिव दिलीप कुमार श्रीष, कोषाध्यक्ष मनु लोहरुङ राई चुनिएका छन् ।

सदस्यहरुमा तारा मिलन छन्त्याल, विरेन्द्रहाङ लाबुङ, चन्द्र बज्यू तामाङ, बुद्ध चेम्जोङ, विवश बेनाम लिम्बु, अशोक चाम्लिङ राई, अग्नी साम्पाङ राई रहेका छन् ।

आदिबासी जनजाति महासंघ अमेरिकाले साहित्यकारहरुको भेलाको समन्वय गरेका थिए । आदिवासी जनजाति महासंघको अमेरिकाका अध्यक्ष लोक चेम्जोङले चुनिएका सम्पुर्ण पदाधिकारीहरुलाई शुभकामना दिएका थिए ।

साहित्यकार मणि बाङ्देल अध्यक्षमा चुनिएपछि उनले अमेरिकामा रहँदै आएका नेपाली आदिवासी जनजातिहरुको मुद्दालाई साहित्यबाट मुखरित गर्न योजना बनाएर अगाडि बढ्ने बताए ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here