अमेरिकामा आदिवासी जनजाति साहित्यकार तथा लेखकहरूको भेला हुने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका र आदिवासी साहित्यकारको संयुक्त प्रयासमा भेला हुन लागेको हो ।

नेपालमा हालै गठित आदिवासी जनजाति साहित्यकार/लेखक महासंघ स्थापना भएसँगै संसारभर रहेका नेपाल आदिवासी जनजाति लेखकहरु संगठित हुने क्रममा अमेरिकामा पनि हुन लागेको हो ।

नेपाल आदिवासी जनजाति साहित्यकार तथा लेखक महासंघ अमेरिका संयोजक जसकुमार राई भन्छन्, “अमेरिकामा थुप्रै लेखकहरु छौं, जसले नेपाली आदिवासी जनजातिको भाषा, संस्कार, संस्कृति लेखिरहेका छौं । यो कार्य सशक्त होस् भनेर ।”

उनी सुनाउँछन्, “सँगठित हुनु भनेको नेपाली साहित्यलाई विविधताले सिंगार्नु हो ।”

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) अध्यक्ष लोक चेम्जोङ अमेरिकामा आदिवासी जनजाति साहित्यकार लेखक संघ स्थापना गर्न हरतम्य लागिपरेका छन् ।

“हाम्रा कुरा साहित्यमा आउनुपर्यो,” उनी भन्छन्, “यथार्थ साहित्य मुलधारमा ल्याउन गठित साहित्यकार संघलाई फिप्ना अभिभाकत्व दिन आतुर छ ।”

यो संघ फिप्ना र नेपाल आदिवासी जनजाति साहित्यकार /लेखक महासंघको संयुक्त भगिनी संघको रुपमा रहन सक्ने छलफल भइरहेको छ ।

आउँदो अप्रिल १८ आइतबारको दिन फिप्ना अफिस क्विन्समा पहिलो भेला हुने भएको छ । सोही भेलामा कार्यसमिति गठन गरी नेपाली आदिवासिहरुको भाषा, संस्कार, संस्कृति र इतिहासबारे कलम चलाउने अभियान शुरु हुने जनाइएको छ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here