प्रदेश १ की नवनियुक्त सामाजिक विकासमन्त्री उषाकला राईले कोदोको रक्सीलाई ब्राण्ड बनाउन पहल गर्ने बताएकी छन् ।

शुक्रबार शपथ तथा पदभार ग्रहण गरेलत्तै मन्त्री राईले सामाजिक सञ्जालबाट याे कुरा बताएकी हुन् । उनले यसअघि स्थानीय प्रशासनले कोदोको रक्सी जफत गरिरहेको अवस्थामा कोदोको रक्सीलाई ‘ब्याण्ड भर्सेस ब्राण्ड’ बनाउनुपर्ने भनेकी थिइन् ।

उनले साना उद्योगका रूपमा रहेको कोदोको रक्सी उत्पादनलाई कानूनी रूपमा वैधता दिने प्रबन्ध मिलाउनुपर्नेमा जोड दिएकी छन् ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा जन्मिएकी मन्त्री राईले यसअघि कोदोको रक्सीलाई ‘ब्याण्ड भर्सेस ब्राण्ड’ बनाउनुपर्ने बताएपछि उनकाे चर्चा चलेकाे थियाे ।

उनले खोटाङको दिक्तेल बजारमा प्रहरीले रक्सी जफत गरी पाेखेपछि उक्त अभिव्यक्ति दिएकी थिइन् ।

उनका श्रीमान् तथा नेकपा एमालेका नेता तथा सांसद शेरबहादुर तामाङले पनि यसअघि गाजा खेतीलाई कानुनी मान्यता दिनुपर्ने र गाजा खेतीबाटै नेपालकाे विकास हुने बताएका थिए ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here