प्रधानमन्त्री केपी ओलीका विश्वासपात्र मानिने महेश बस्नेतले आज बिहान डिल्लीबजार जेलमा रहेका जनता समाजवादी पार्टीका सांसद रेशम चौधरीलाई भेटेका छन् ।

नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री समेत रहेका बस्नेतले चाैधरीसँग भेटेर छलफल गरेका हुन् ।

प्रधानमन्त्री ओलीले आप्mनो सरकार टिकाउनका लागि हाल जसपालाई सरकारमा सहभागी हुन आग्रह गरिरहेको छ ।

जसपाले रेशम चौधरी लगायत जेलमा रहेका थारुहरुलाई छोड्नुपर्ने, उनीहरुमाथि लगाइएका मुद्दा फिर्ता लिनुपर्ने र संविधान संशोधन गर्नुपर्ने माग राखेको छ ।

जसपाको मागमा ओली सकारात्मक भएको बताइएको छ । जसपाभित्र महन्थ ठाकुर र राजेन्द्र महतो ओली सरकारमा सहभागी हुने पक्षमा छन् भने डा. बाबुराम भट्टराई, उपेन्द्र यादव अशोक राई सहभागी हुन नहुने पक्षमा छन् ।
जसपा अहिले विभाजित बनेको छ ।

जसपाका तल्लो तहका नेता तथा कार्यकर्ताहरुले भने ओली सरकारमा कुनै पनि हातमा नजान खबरदारी गरेका छन् ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here