नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्गीय धरातल बिर्सेर आफूलाई सर्वेसर्वा मान्ने प्रवृत्ति नै कम्युनिस्ट पार्टीको लागि घातक भएको बताएका छन् ।

शनिबार दाहाल-नेपाल समूह निकट शिक्षक संगठनकाे राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले आफू जन्मिएको धरातल बिर्सेर गलत काम गर्दै हिँड्ने र आफू नै सर्वेसर्वा भएको ठान्ने प्रवृत्ति सबभन्दा घातक रहेको बताएका हुन् ।

‘पार्टीभित्रैबाट वर्ग उत्थान भएका केही नेताहरू जो विपरीत वर्गको स्वार्थसँग आत्मसमर्पण गर्छन्, उनीहरूको प्रलोभनमा फस्छन् र उनीहरूका एजेन्ट हुन्छन् र आफ्नो वर्गलाई धोका दिन्छन्’, उनले भने, ‘आफू जहाँबाट जन्मिएको हो, त्यो धर्ती उनीहरूले बिर्सिन्छन् र आफूलाई हिजो जसका विरुद्ध लडाइँ गरेको हो, हिजो जसका विरुद्ध विद्रोह गरेको हो, त्यही वर्गको प्रतिनिधिजस्तो ठान्न पुग्छन् ।’

कम्युनिष्ट पार्टीकै नेतृत्वमा बनेको संविधान र त्यसको मर्ममाथि प्रधानमन्त्रीबाट प्रहार हुनु नै सबैभन्दा दुःखद् रहेको उनले बताए ।

उनले सम्पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई नै उल्ट्याउने दिशातिर प्रधानमन्त्री केपी शर्मा ओली लागेको आरोप लगाए ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here