फाइल फाेटाे

नेकपा ओली समूहका नेता सुवास नेम्बाङले संसद पुनःस्थापनापछि सरकार झनै बलियाे भएकाे बताएका छन् ।

ओली समूह निकट सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा पूर्वसभामुख समेत रहेका नेता नेम्बाङले संसद विघटन हुँदा कामचलाउ भएका प्रधानमन्त्री ओली पुनःस्थापनापछि झन् बलियाे भएकाे बताएका हुन् ।

उनले प्रतिनिधिसभा विघटन भएपछि सरकारलाई काम चलाउ भन्नेहरुलाई अहिले सरकार दह्रो हुँदा अप्ठेरो परेको बताए ।

‘हिजो पुनःस्थापना नहुँदासम्म केपी ओली त केयर टेकर हो निर्वाचन घोषणा गरिराखेको छ, निर्वाचन घोषणा गरिराखेको प्रधानमन्त्रीले यो के–के निर्णय गर्ने हो ? निर्णय गर्न पाउँदैन यो कामचलाउ सरकारको प्रधानमन्त्री भन्ने गर्नुहुन्थ्यो। जुन कुरा ठिक थिएन। यो ठिक होइन भनिराथ्यौ’, उनले भने, ‘अब त त्यो दुःख पनि गर्न नपर्ने भयो । संसद पुनःस्थापित भयो । प्रधानमन्त्री केपी ओलीविरुद्धको अविश्वास लगायतका कुराहरु के छ स्थिति मैले तपाईहरुलाई बताइ नै सकेँ। उहाँ त हिजोभन्दा झन् दह्रो पो हुनुभयो ।’

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here