कुमार लिङ्देन नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्चको पान्थर जिल्ला समितिको चौथो अधिवेशन सम्पन्न भएको छ ।

शुक्रबार रातभरि भएको अधिवेशनको बन्दसत्रबाट चन्द्रराज आङ्देम्बेको अध्यक्षतामा नयाँ समिति गठन गरिएको छ ।

समितिको उपाध्यक्षमा ६ जना छन् । जीतेन चेम्जोङ, योगेन्द्र राई, हर्कजंग लिङ्देन, निशा लोवा, भीमप्रसाद नेम्बाङ र भानुभक्त फियाक उपाध्यक्षमा चयन भएका छन् ।

सचिवमा डिल्ली लावती र सुवास केरुङ छन् भने अर्थसचिवमा प्रकाश अधिकारी छन् ।

१४ जना सचिवालय सदस्यहरु छन् । जसमा योगेश योङ्या, अमिर लिम्बू, जसकर्ण लिङ्देन, नरबहादुर हेम्ब्या, मनप्रसाद तुम्बापो, रामचन्द्र नेम्बाङ, राजेन्द्र सिगु, पूर्णिमा राई, रविन्द्र नेम्बाङ, मिङ्सो आङ्देम्बे, कर्ण हाङ्सरुम्बा, अर्जुन चेम्जोङ, बिरेन लिम्बू, नरेश लक्सम छन् ।

सदस्यहरुमा रुबिन्द्रकुमार माखिम, कर्णबहादुर काम्बाङ, आधार घिमिरे, टिका राई इसिता, महेन्द्र हाङ्सरुम्बा, भक्त नेम्बाङ, दिपाहाङ्मा राई, मचिन्द्र थङ्गम्बा, दिलसोर नेम्बाङ, सम्योकहाङ सिगु, गणेश नेम्बाङ छन् ।

यसैगरी खगेन्द्र सम्बाहाम्फे, सन्तोष नेम्बाङ, लोकमान सेर्मा, विकेन्द्र नेम्बाङ, भगिराज चेम्जोङ, मचिन्द्र नेम्बाङ, भीम माङ्मु, कुमार केरुङ, सन्तोष हाङ्सरुम्बा, भीमप्रसाद नेम्बाङ, सन्तोष हाङ्सरुम्बा, संगम यवा र समिक्षा तुम्बापो पनि सदस्य छन् ।

मञ्चका अध्यक्ष लिङ्देनको उपस्थितिमा शुक्रबार दिउँसो अधिवेशनको उद्घाटन गरिएको थियो ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here