जनता समाजवादी पार्टीको रामेछाप जिल्ला प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र ‘क’ स्तरीय काठमाडौं सम्पर्क समिति गठन गरिएको छ ।

शुक्रबार काठमाडौंको कोटेश्वरस्थित गौरीशंकर पार्टी प्यालेसमा आयोजित एक कार्यक्रममा कमल सुनुवारको अध्यक्षतामा समिति घोषणा गरिएको हो ।

उक्त समिति ‘जसपा रामेछाप जिल्ला प्रदेशसभा निर्वाचन क्षेत्र क–काठमाडौं सम्पर्क समिति’ हो । रामेछाप घर भएर विभिन्न पेशा र क्षेत्रमा काम गरेर काठमाडौंमा बसिरहेकाहरुको भेलाबाट उक्त समिति गठन गरिएको हो ।

समिति उपाध्यक्षमा रामकुमार पौडेल, सरु खड्का र विश्वमाया तामाङ छन् । उपाध्यक्ष पौडेल रामेछाप सांस्कृति कलाकार समाजका अध्यक्ष समेत हुन् ।

समितिको सचिवमा राजु काफ्ले, सहसचिवमा प्रकाश सुनुवार र कोषाध्यक्षमा कर्णबहादुर तामाङ छन् ।

सदस्यहरुमा फत्तबहादुर सुनुवार, दीपक लाखे, युवराज सुनुवार, उत्तम आले मगर, प्रेमचन्द्र सुनुवार, विरबहादुर सुनुवार, मंगल तामाङ, कुमार सुनुवार लगायत रहेको समाजवादी खेलकुद महासंघका केन्द्रीय सदस्य चम्पक किराती कोइँचले जानकारी दिए ।

कार्यक्रममा जसपाका केन्द्रीय सदस्यहरु सिंहबहादुर तामाङ, रविन्द्र थिङ, संघीय परिषद सदस्य मनप्रसाद सुनुवार, अमृत सुनुवार, लोकबहादुर श्रेष्ठ, जसपाका युवा संघका सचिव मेघराज तामाङ, शेर्पा संघका अध्यक्ष छिरिङ शेर्पा लगायतले समितिका पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना दिएका थिए ।

कार्यक्रममा वाग्मती प्रदेश विशेष जिल्ला सम्पर्क समितिका अध्यक्ष मिनबहादुर तामाङ, उपाध्यक्ष ठाकुर पोखरेल, महिला नेतृ दिना लामा, निरुता मोक्तान, लुकमाया सुनुवार, समाजवादी खेलकुद महासंघका केन्द्रीय सदस्य चम्पक किराती कोइँच, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य सरोज थापा, शिल्पी विशेष वाग्मती प्रदेशका अध्यक्ष सन्देश घिमिरेलगायत नेताहरुको उपस्थिति थियो ।

उक्त कार्यक्रम रामबहादुर तामाङको सभापत्विमा सम्पन्न भएको हो भने जसपा वाग्मती प्रदेश विशेष जिल्ला सम्पर्क समितिका सचिव विरेन्द्र श्रेष्ठले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here