नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ ।
स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि बिहीबार राति नै उनलाई वीर अस्पताल लगिएको थियो । त्यसपछि आज बिहान उनलाई नर्भिक अस्पताल लगिएको थियो ।
नेता जोशीको मस्तिष्कमा रगत जमेका कारण शल्यक्रिया गरिएकाे छ । उनकाे टाउकोमा सामान्य शल्यक्रिया गरी ड्रेन राखिएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले जोशीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनले भनेका छन्, ‘नेपाली कांग्रेसका युवा नेता, मेरा मित्र तथा कांग्रेस केन्द्रीय सदस्य नविन्द्रराज जोशी बिरामी भएर नर्भिक अस्पतालमा उपचाररत हुनुहुन्छ । उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’