जनता समाजवादी पार्टी जिल्ला समन्वय समिति इलामले बिहीबार इलाम चोक बजारमा आयोजना गरेको जनसभा कार्यक्रममा नेकपा, कांग्रेस र लिम्बुवानका गरी चार दर्जन भन्दा बढी नेता तथा कार्यकर्ताहरु जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई लगायत नेताहरुले उनीहरुलाई अबिर र खाँदा लगाएर पार्टीमा स्वागत गरेका छन् ।

कार्यक्रममा जसपाका नेताहरु यादव र राईका साथै शरतसिंह भण्डारी, पर्शुराम बस्नेत, प्रविण चाम्लिङ, खगेन्द्र माखिम लगायत नेताहरुको सहभागिता छ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here