मेराे समुदायकाे मान्छेले कुरा बुझ्दैन
त्यसैले तिनको चित्त दुख्दै दुख्दैन ।

बिहान जुरुक्क उठछ ऊ तुरुक्क मुत्छ
सुरुप्प पार्न घ्याम्पो र बोतल खोज्छ ।

एक छिनपछि ऊ जतासुकै हल्लाउँदै
गाउँ टोल उकाली ओराली लेकबेसी थर्काउँदै,

मेरो सम्पत्ति छँदैछ अरुको के मतलब ?
पढे बुझेको छु भन्छ अधिकार के हो बुझ्दैन

म को हुँ के हुँ किन पछाडि परेँ ?
उसलाई केही मतलब हुँदैन

हल्लाको पछि दौडेर शासकको फेरो समातेर
उ मार्न र काट्न ज्यानको बाजी थापेर

आफू र आफ्नो समुदायको अधिकार खोज्दैन
शासकले जे गरे पनि उसको चित्त दुख्दैदुख्दैन ।

-नवीन कुमार सुनुवार
२०७७।११।११

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here