पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्ली जाने भएका छन् ।

उनी आज नेपाल वायुसेवाको जहाजबाट भारतको नयाँ दिल्ली जाने भएका हुन् ।

पेटमा समस्या देखिएपछि उनी लामाे समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण गराउँदै आएका थिए । हाल चिकित्सकहरुले न्युरो (इन्डोक्राइनको ट्युमर) भएको आशंका गरी सल्लाह दिए अनुसार उनी उपचारका लागि नयाँ दिल्ली जान लागेका हुन् ।

दिल्लीमा उनको उपचार ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा हुने बताइएकाे छ । भट्टराईसँगै उनकी पत्नी हिसिला यमी र र प्रेस सल्लाहकार विश्वदीप पाण्डे दिल्ली जाँदैछन् ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here