तस्बिरः टंक सेलिङबाट

नेपाल आदिवासी जनजाति साहित्यकार महासंघकाे लिम्बुवान राज्य समिति गठन गरिएको छ । शनिबार झापाको विर्तामोडमा आयोजित एक भेलाले मधुराज केरुङको संयोजकत्वमा १५ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।

महासंघका केन्द्रीय संयोजक राजन मुकारुङ र सहसंयोजक टंक सेलिङको उपस्थितिमा लिम्बुवान राज्य समिति गठन गरिएको हो ।

समितिको सहसंयोजकमा पार्वता पोमु र दावा शेर्पा छन् । सचिवमा छत्र दर्लामी, सहसचिवमा सुनिता तामाङ र कोषाध्यक्षमा सुजन सेलिङ छन् ।

सदस्यहरुमा डा. छत्र माबो, अजित धिमाल, इक्साहाङ चेम्जोङ, अर्चना गुरुङ, इन्द्रसिंह राजवंशी, मञ्जुल सुनुवार, निमा पोङ्सुवा भोटिया र जीतेन साम्पाङ छन् ।

विराट किराती र जितेन पन्दाकलाई केन्द्रीय प्रतिनिधि सदस्य बनाइएको छ भने मुनाराज शेर्मा, सुमित्रा बाङ्देल चेली र सेसेहाङ फियाकलाई समितिको सल्लाहकार बनाइएको छ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here